दूरसञ्चार तथा आईसीटी क्षेत्रका लागि आकस्मिक रेस्पोन्स टिम बनाउँदै दूरसञ्चार प्राधिकरण

  • Technology Khabar | २ माघ २०७८, आईतवार
दूरसञ्चार तथा आईसीटी क्षेत्रका लागि आकस्मिक रेस्पोन्स टिम बनाउँदै दूरसञ्चार प्राधिकरण

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले कम्प्युटर आकस्मिक रेस्पोन्स टिम (सर्ट) स्थापना गर्ने भएको  छ।

प्राधिकरणले हालै प्राधिकरणभित्र दूरसञ्चार, सूचना तथा सञ्चार प्रविधि तथा सूचना तथा सञ्चार प्रविधि उद्योगका लागि  कम्प्युटर आकस्मिक रेस्पोन्स टिम (सर्ट) स्थापना गर्नका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्न  आशयपत्र माग गरेको छ। यसलाई प्राधिकरणले एनटीए-सर्ट नाम दिएको छ।

यसका लागि इच्छुक र योग्यता पुगेका परामर्शदातृले आगामी जनवरी ३१ तारिखभित्र मध्याह्न १२ बजेभित्र प्राधिकरणको कार्यालय जमलमा वा अनलाइनमार्फत् www.bolpatra.gov.np/egp मा वा https://nta/gov.np/en/ मार्फत् पनि बुझाउन सकिने सूचनामा उल्लेख छ।

छनोटको आधारका लागि परामर्शदातृ निकाय वा व्यक्तिको गुणस्तरलाई ४०,  अनुभवलाई ५० तथा क्षमतालाई १० अंक छुट्याइएको छ। आशयपत्र पारित हुन कम्तीमा १०० मा ६० अंक ल्याउनुपर्ने प्राधिकरणले उल्लेख गरेको छ।

यो परियोजनाका लागि छानिने परामर्शदातृ निकाय वा व्यक्तिले आगामी मे १ तारिखबाट काम शुरु गरी त्यसको १२० दिनमा सम्पन्न गरिसक्नुपर्नेछ।

प्राधिकरणका अनुसार छानिएका परामर्शदातृले निम्न प्रकारका कार्यहरु गर्नुपर्नेछ:

आवश्यकताको विश्लेषण

नेपालका साइबर सुरक्षासम्बन्धी विद्यमान नियम कानूनको अध्ययन गरी यसअघि भएका मुख्या साइबर हमलाहरुको पनि अध्ययन गर्नुपर्नेछ। यसबाहेक कम्तीमा ३-३ ओटा विकासशील र र विकासोन्मुख मुलुकका सीईआरटी/सीआईआरटी को अनुसन्धान गर्नुपर्नेछ।

यी मुलुकहरुका अध्ययनका आधारमा नेपालको साइबर सुरक्षा कसरी मजबुत बनाउन सकिन्छ भन्नेबारेमा अन्तरको अध्ययन र विश्लेषण पनि गर्नुपर्नेछ।

प्राधिकरणसँग नेपालका साझेदार तथा मन्त्रालयका अधिकारीहरुको बैठक सञ्चालन गर्नुपर्नेछ।

यसबाहेक एनटीए-सर्टको स्थापना र सञ्चालनका लागि यसको दूरदृष्टि, उद्देश्य प्रस्ट पारेर प्राधिकरणभित्रका इकोसिस्टमको उत्तरदायित्वका बारे सुझाव दिनुपर्नेछ।

यसैगरी छानिएका परामर्शदातृले विश्वका ३-३ ओटा विकासशील र र विकासोन्मुख मुलुकका सर्टको तुलनामा एनटीए-सर्टको भविष्य कस्तो रहनेछ भन्नेबारे प्रक्षेपण पनि गर्नुपर्नेछ।

यसबाहेक तल उल्ललिखित सबै उत्तरदायित्व पनि परामर्शदातृको हुने सूचनामा उल्लेख छ:

  • प्रभावको विश्लेषण तथा जोखिम आकलन
  • इकोसिस्टम विश्लेषण
  • साँगठनिक विश्लेषण
  • आवश्यक पूर्वाधारको विश्लेषण
  • साझेदारी विश्लेषण
  • कार्यशाला चलाउने
  • लागत अनुमान विश्लेषण

प्रकाशित: २ माघ २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार