आईफोन १४ का सबै मोडलमा १२० हर्ज स्क्रीन र ६ जीबी र्याम रहने

  • Technology Khabar | २ माघ २०७८, आईतवार
आईफोन १४ का सबै मोडलमा १२० हर्ज स्क्रीन र ६ जीबी र्याम रहने

काठमाडौं ।

एप्पलको आउँदै गरेको आईफोन १४ सिरिज अन्तर्गतका सबै ४ ओटा मोडलमा १२० हर्ज फ्रेश रेटसहितको डिस्प्ले तथा ६ जीबी र्याम रहने निश्चित भएको छ।

कम्पनीले आईफोन १४ सिरिज आगामी शरद ऋतुमा सार्वजनिक हुने र यसअन्तर्गत ४ ओटा मोडल रहने बुझिएको बताएको छ।

ती चार मोडलमा आईफोन १४ १४एक्स, १४ प्रो तथा १४ प्रो म्याक्स रहने र आईफोन १३ मिनिको बिक्री नाजुक देखिएकाले मिनि भर्सन भने नल्याइने बुझिएको छ।

विश्लेषक जेफ पुले इन्टरन्शनल सेक्युरिटिजका लागि हालै सम्पन्न एक अनुसन्धान अनुसार यो वर्ष एप्पलले आफ्ना प्रो र गैर प्रो मोडलका स्क्रीन र र्यामका हिसाबले यसअघिका भर्सनका तुलनामा उस्तै बनाउने भएको हो।

यी सबै डिभाइसमा १२० हर्ज डिस्प्ले रहने र ६ समान जीबी र्याम दिइने कुरा हालसम्मको प्रवृत्तिभन्दा फरक हो।

यसअघि पु ले आईफोन १४ प्रो तथा प्रो म्याक्समा ८ जीबी र्याम रहने बताएका थिए। हालै एउटा आपूर्ति श्रृङ्खलाले मूल्यका कारण ८ जीबीको सट्टा ६ जीबी राख्न लागिएको खुलासा गरेको छ।

र्याम उस्तै भए पनि प्रो र गैर प्रो भर्सनमा आन्तरिक मेमोरी तथा क्यामरा रेजोल्युशन भने फरक फरक रहने बताइएको छ।

प्रकाशित: २ माघ २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...