अपाङ्गता भएका बालबालिकाको लागि डिजिटल पाठ्य सामग्री तयार पारिने

  • Technology Khabar | १ माघ २०७८, शनिबार
अपाङ्गता भएका बालबालिकाको लागि डिजिटल पाठ्य सामग्री तयार पारिने

काठमाडौं ।

नेपाल सरकारले अपाङ्गता भएका बालबालिकाहरूलाई शिक्षाको पहुँच सुनिश्चित गर्न अनलाइनमार्फत पाठ्य सामग्रीहरु उपलब्ध गराउने तयारी गरेको छ।

पछिल्लो समय कोभिड १९ महामारीका बिच भौतिकरुपमा कक्षा संचालन हुन नसकेको अवस्थालाई ध्यानमा राखेर अनलाइन कक्षा तथा दूरशिक्षा सामग्री तयार गरिरहेकोमा अब अपाङ्गता भएका बालबालिकाका लागि मैत्री सामग्री तयार पार्ने भएको हो।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तरगतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै अपाङ्गता भएका बालबालिकाहरूलाई शिक्षाको पहुँच सुनिश्चित गर्न र शिक्षण सिकाइलाई प्रभावकारी बनाउन लनिङ्ग पोर्टल र टेलिभिजनबाट प्रशारण हुने “अपाङ्गता समावेशी सामग्रीको विकास” गर्ने कार्यक्रम रहेको उल्लेख गरेको छ। त्यसको लागि केन्द्रले सोही क्षेत्रमा कार्यरत संघसंस्था⁄ फर्महरुसँग सहकार्य गर्ने भएको छ।

यसको लागि श्रवणदृष्टि विहीनता भएका बालबालिकाहरूका लागि सिकाइमा सहयोग गर्न श्रव्यदृश्य (डिजिटल) सिकाइ सामग्री विकास गर्ने तथा दृष्टि सम्वन्धी अपाङ्गता भएका बालबालिकाहरूका लागि अडियो बुक लगायतका (Production of Daisy ⁄ E–Pub Audio Books) सामग्री तयार पार्न सो क्षेत्रमा कार्यरत संघसंस्था⁄ फर्महरुसँग सहकार्य गर्ने भएको हो।

“स्वीकृत कार्ययोजना अनुसार देहायका अपाङ्गताको क्षेत्रमा परामर्श सेवाबाट काम गर्न इच्छुक संघसंस्था⁄ फर्मले यो सूचना प्रकाशित भएका मितिले १५ दिनभित्र शिक्षा तथा मानव स्रोत विकास केन्द्र, भण्डार शाखामा आइपुग्ने गरी तोकिए बमोजिमका कागजातहरू सहित सूचिकृत हुन यो सूचना प्रकाशन गरिएको छ,” सूचनामा भनिएको छ।

हेर्नुस् सूचना-

प्रकाशित: १ माघ २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार