घरको नक्सा पास अनलाइनबाट

  • Technology Khabar | १ माघ २०७८, शनिबार
घरको नक्सा पास अनलाइनबाट

काठमाडौं ।

पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा अब घरको नक्सा पास अनलाइनबाटै हुने भएको छ। अनलाइनबाटै घरको नक्सा पास हुने भएपछि सेवाग्राहीले फाइल बोक्दै हिँड्नुपर्ने झन्झटको अन्त्य भएको छ।

सेवाग्राहीले घरमै बसेर आफ्नो काम भए नभएकोसमेत थाहा पाउनेछन्।

शुक्रबार कावासोती नगरपालिकामा आयोजित एक कार्यक्रममा कावासोती नगरपालिकाका नगरप्रमुख चन्द्रकुमारी पुनले अनलाइन घर नक्सा पासको उद्घाटन गरिन्।

कार्यक्रममा नगरप्रमुख चन्द्रकुमारी पुन, उपप्रमुख प्रेमशङ्कर मर्दनिया, प्रमुख प्रशासकीय अधिकृत रमेश घर्ती, कावासोती–१ का वडाध्यक्ष नारायण पन्तलगायतले अनलाइन सेवाका बारेमा जानकारी गराएका थिए। गोरखापत्र

प्रकाशित: १ माघ २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार