
काठमाडौं ।
नेपालमा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार र रकम पछिल्लो एक महिनामा बढेको छ।
हालै नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको मंसिर महिनासम्मको चालु स्थूल आर्थिक प्रतिवेदनमा कार्तिक मसान्तदेखि मंसिर मसान्तसम्मको एक महिनामा इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार संख्या ३ हजार ६८ बढेको देखिएको छ।
मंसिरभरी इन्टरनेट बैंकिङमार्फत् भएको जम्मा कारोबार २ लाख ५० हजार १७७ रहेको थियो।
यो सङ्ख्या गत भाद्र मसान्तसम्म संख्या ३ लाख १ हजार १२ रहेको थियो भने श्रावण मसान्तसम्ममा ३ लाख ४० हजार ५२५ रहेको थियो।
कारोबार संख्या बढेसँगै रकम पनि बढ्नु स्वाभाविकै हो।
अघिल्लो महिना अर्थात् कार्तिक मसान्तसम्म ११ अर्ब ८३ करोड २० लाख रुपैयाँको कारोबार भएकामा एक महिनाको अवधिमा केही रकम बढेर १२ अर्ब ७३ करोड ५० लाख रुपैयाँमा पुगेको छ।
यस हिसाबले इन्टरनेट बैंकिङमार्फत् भएको कारोबार सङ्ख्यामा ९० करोड ३० लाख रुपैयाँले वृद्धि भएको तथ्याङ्कले देखाएको छ।
प्रकाशित: ३० पुष २०७८, शुक्रबार