वैज्ञानिकहरूले गोल्‍डफ‍िशलाई दिए तालिम, रोबोट कार चलाउन सफल

  • Technology Khabar | ३० पुष २०७८, शुक्रबार
वैज्ञानिकहरूले गोल्‍डफ‍िशलाई दिए तालिम, रोबोट कार चलाउन सफल

काठमाडौं ।

सुन्दा अनौठो लाग्छ, तर गोल्‍डफ‍िश (goldfish) ले पनि कार चलाउन सक्छ। आफ्नो एक प्रयोगमा, वैज्ञानिकहरूले एक गोल्‍डफ‍िशलाई रोबोट कार चलाउन सिकाएका छन्।

यो प्रयोग गोल्‍डफ‍िशको नेभिगेसन क्षमता परीक्षण र जनावरहरूको व्यवहार अध्ययन गर्ने प्रयास थियो। रोबोट कार पनि यही उद्देश्यलाई ध्यानमा राखेर डिजाइन गरिएको हो। यो कार इजरायलको बेन गुरियन युनिभर्सिटीका वैज्ञानिकहरुले डिजाइन गरेका हुन् । यो फिश अपरेटेड भेहिकल (एफओभी) अर्थात् कारको पाङ्ग्रामा पारदर्शी आयताकार प्लेटफर्म थियो।

यस प्लेटफर्ममा गोल्डफिसको पानी ट्याङ्की र क्यामरा प्रणाली जडान गरिएको थियो। यसले माछाको चालहरू रेकर्ड र अनुवाद गर्यो। गोल्‍डफ‍िशको मुभमेन्टअनुसार गाडीका पाङ्ग्राहरू अगाडि पछाडी र छेउछाउ घुम्थे।

यसमा वैज्ञानिकहरूले गोल्‍डफ‍िशको मुभमेन्टहरू अध्ययन गरेका थिए। गोल्‍डफ‍िशले आफ्नो लक्ष्यमा कार चलाउने क्षमताले जनावरको नेभिगेसन क्षमताको महत्त्वपूर्ण गुणहरू निर्धारण गर्ने वैज्ञानिकहरूले आशा गरेका छन्।

यो अध्ययन गत महिना बिहेभियरल ब्रेन रिसर्च जर्नलमा प्रकाशित भएको थियो। यसमा अन्वेषकहरूले लेखेअनुसार उनीहरूले गोल्डफिशलाई फिश अपरेटेड भेहिकल (एफओभी) चलाउन तालिम दिएका छन्।

गाडीको पाङ्ग्रामा राखिएको प्लेटफर्मले पानीको ट्याङ्कीमा राखिएको माछाको मुभमेन्टमा आधारित भएर प्रतिक्रिया दिन्छ। यसमा वैज्ञानिकहरूले जनावरहरूमा कुनै फरक गुणहरू छन् कि भनेर पत्ता लगाउन प्रयोगहरू गरे। यो प्रयोगले बाह्य हस्तक्षेपमा प्रजातिले कस्तो प्रतिक्रिया देखाउँछ भन्ने देखाएको छ।

गोल्डफिशलाई केही दिनको लागि तालिम चाहिन्छ। यसपछि उसले फिश अपरेटेड भेहिकल (एफओभी) लाई आफ्नो लक्ष्यमा लैजान सक्छन्।

गोल्डफिशको नेभिगेसन क्षमता जलीय वातावरणमा मात्र सीमित नभएको यो प्रयोगहरूले प्रमाणित गरेको छ। उसले ती क्षमताहरूलाई पानीको ट्याङ्की जस्तो वातावरणमा पनि अनुकूलन गर्न सक्थे।

द इन्डिपेन्डेन्टको रिपोर्टअनुसार, प्राकृतिक विज्ञान संकायको जीवन विज्ञान विभागका पीएचडीका विद्यार्थी शाचर गिभोनले भने, “हाम्रो खोजहरूले गोल्डफिशको नेभिगेसन कौशल विश्वव्यापी थियो भनेर बताउँछ। यस बाहेक, आफू रहने प्राकृतिक स्थान बाहेक पनि उसले कुनै पनि परिस्थितिमा यो गर्न सक्छ। गोल्डफिशमा जटिल कामहरू सिक्ने क्षमता हुन्छ भन्ने पनि पत्ता लागेको थियो।”

वैज्ञानिकहरूले तालिम प्राप्त गोल्डफिशले कार चलाउन सक्ने र जुनसुकै ठाउँबाट आफ्नो लक्ष्यमा पुग्न सक्ने बताएका छन्। गोल्डफिशले गलत ठाउँमा जानबाट बच्न र आफ्नो गल्ती सुधार्न पनि सिक्ने उनीहरुले बताएका छन्।

बेन-गुरियन विश्वविद्यालयको आधिकारिक युट्युब च्यानलमा यससँग सम्बन्धित भिडियो पनि अपलोड गरिएको छ।

प्रकाशित: ३० पुष २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...