नेपालमा बनेको ‘सानोस्याट-१’ को ‘डिप्लोय’ स्पष्ट नभएको स्पेसएक्सको प्रत्यक्ष प्रशारणमा जानकारी

  • Technology Khabar | २९ पुष २०७८, बिहीबार
नेपालमा बनेको ‘सानोस्याट-१’ को ‘डिप्लोय’ स्पष्ट नभएको स्पेसएक्सको प्रत्यक्ष प्रशारणमा जानकारी

काठमाडौं ।

स्पेसएक्सको रकेटमार्फत अन्तरिक्षका लागि उडेको नेपालमै बनेको पहिलो स्याटलाइट ‘सानोस्याट-१’ को ‘डिप्लोय’ अनिश्चित भएको छ।

ओरियन स्पेसले नेपालमा निर्माण गरेको सो स्याटलाइट इलन मस्कको कम्पनी स्पेसएक्सको फाल्कन नाइन रकेटमार्फत् बिहीबार राती प्रक्षेपण गरिएको हो। कम्पनीले यसलाई ट्रान्सपोर्टर ३ मिशन नाम दिएको थियो

तर सो स्याटेलाइट सेपरेसन सुनिश्चित नभएको स्पेसएक्सको प्रत्यक्ष प्रशारणमा उल्लेख गरेको छ।

अन्य सबै स्याटेलाइट तथा उपकरणहरु छुट्टिएको सुनिश्चित भएपनि नेपाली स्याटेलाइट र सोसँगै भएको अर्को स्याटेलाइटको अन्तरिक्ष सेपरेसन सुनिश्चित नभएको बताईएको छ। सो सँगै च्यालेन्जर नामक नानो स्याटेलाइट एकैपटक डिप्लोय हुनुपर्ने थियो। तर प्रत्यक्ष प्रशारणले दिएको जानकारीअनुसार त्यसो हुन सकेन्।

प्रत्यक्ष प्रशारणमा ब्रो ५ डिप्लोय भएपछि ती दुई स्याटेलाइट पनि डिप्लोय  हुनुपर्ने थियो। तर एकैपटक ‘फोसास्याट’ डिप्लोय भएको बताईन्छ।

सो प्रत्यक्ष प्रशारणमा अन्तिममा दिईएको जानकारीअनुसार “डिप्लोय भएको समयमा ब्ल्याकआउट भएको र साना स्याटेलाइटहरु भएको हुँदा २ बारे डिप्लोय भएको बारेमा अनेबल भएको छ। केहि पछि जानकारी दिईनेछ।”

सो बारेमा थप जानकारी पछि दिईने बताईएको छ।

हेर्नुस् प्रत्यक्ष प्रशारणको युट्युब भिडियो-

https://www.youtube.com/watch?v=FQmHHJLDlVc

नेपालीहरुले नेपालमै बनाएको सानो आकारको ‘सानोस्याट-१’ आज बिहीबार राति अन्तरिक्षमा प्रक्षेपण गरिने स्पेसएक्सले नै जानकारी दिएको थियो।

५x५x५ सेन्टिमिटरको यो स्याटेलाइट आफ्नो नामजस्तै सानो साइजको हुने र यसले लो अर्थ अर्बिटमा बसेर सूर्यबाट आउने गामा, बिटा लगायतका विकिरणहरुका बारेमा अध्ययन गर्ने परियोजनाको शुरुवातदेखि संलग्न इन्जिनीयर जितेन थापाले टेक्नोलोजीखबरलाई जानकारी दिएका थिए।

यसबाहेक यसले स्टोर एन्ड फर्वार्ड कन्सेप्टमा रहेर रिपिटरको काम पनि गर्ने बुझिएको छ।

यो समाचार तयार पार्दासम्म थप कुनै जानकारी छैन्। यस बारेमा थप जानकारी आएसँगै अपडेट गर्नेछौं ।

सम्बन्धित समाचार-

नेपालमा बनेको पहिलो स्याटेलाइट २ घण्टापछि प्रक्षेपण हुँदै

प्रकाशित: २९ पुष २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार