आईफोन १४ मा २ टीबीसम्मको क्यूएलसी फ्ल्याश मेमोरी प्रयोग हुन सक्ने

  • Technology Khabar | २९ पुष २०७८, बिहीबार
आईफोन १४ मा २ टीबीसम्मको क्यूएलसी फ्ल्याश मेमोरी प्रयोग हुन सक्ने

काठमाडौं ।

एप्पलले आफ्नो आगामी आईफोन १४ मा २ टीबीसम्मको क्यूएलसी फ्ल्याश मेमोरी राख्नसक्ने बुझिएको छ।

हालै आपूर्ति श्रृङ्खलामार्फत् आएका केही रिपोर्टहरुका अनुसार एप्पलले २ टीबीसम्मको मेमोरी तथा अन्य केही डिजाइनसम्बन्धी परिवर्तन ल्याउने बुझिएको छ।

स्रोतका अनुसार एप्पलले उपभोक्ताको आवश्यकता हेरेर स्टोरेजमा सुधार गर्दै जाने योजना बनाएको छ।

यस हिसाबले भिडियो खिच्न सकिने समय बढेको छ भने सिस्टम तथा सफ्टवेयर अपडेटको मात्रा पनि बढ्दै गएको छ। यी सबैका लागि थुप्रै स्पेस चाहिने हुनाले एप्पलले स्टोरेज बढाउनेतिर केन्द्रित भएको बुझिन्छ।

रिपोर्टहरुका अनुसार कम्पनीका केही साझेदारहरुले आईफोन १४ मा लाग्ने पार्टपुर्जाको परीक्षण थालिसकेका छन्।

यो मेमोरी क्यूएलसी हुने र यसको पर्फर्मेन्स र विश्वसनीयता टीएलसीको तुलनामा कम हुने हुनाले अपग्रेडमा भने समस्या आउन सक्ने गिज्मोचाइनाले उल्लेख गरेको छ।

प्रकाशित: २९ पुष २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार