ह्वावेले यसै वर्षको अन्त्यमा हाइसिलिकन चिप ल्याउने

  • Technology Khabar | २९ पुष २०७८, बिहीबार
ह्वावेले यसै वर्षको अन्त्यमा हाइसिलिकन चिप ल्याउने

काठमाडौं ।

चिनियाँ टेक जायन्ट ह्वावेले यसै वर्षको अन्त्यसम्ममा हाइसिलिकन चिप ल्याउने भएको छ।

केही समययता अमेरिकाले लगाएको प्रतिबन्धका कारण ह्वावेको स्मार्टफोन बजारको हिस्सा खस्किएर ज्यादै न्यून पुगेको छ। यसको मुख्य कारण स्मार्टफोनका लागि अत्यावश्यक सेमिकन्डक्टर चिप रहेको छ।

चिपका लागि कम्पनीले अमेरिकी तथा ताइवानी निर्माताहरुको भर परिरहेको र प्रतिबन्धपछि चिप पनि रोकिएकाले माग अनुसारको स्मार्टफोन उत्पादन हुन सकेको छैन।

आफूले चिप उत्पादन नगर्ने भएकाले यो समस्या भोग्नुपरेकाले ह्वावेले आफ् हाइसिलिकन डिभिजनलाई ब्युँताएर अब भने चिप डिजाइनतिर केन्द्रित हुन लागेको हो।

यसै क्रममा कम्पनीले हालै एउटा टिजर जारी गर्दै यसै वर्षको अन्त्यसम्ममा ब्रान्डेड चिपहरु बजारमा ल्याउने जानकारी दिएको हो।

ह्वावेले हाइसिलिकन चिप र यससम्बन्धी योजनाका बारेमा हालसम्म योभन्दा बढी जानकारी बाहिर ल्याएको छैन। कस्ता प्रकारका चिप बन्नेछन् र तिनमा फाइभजी सपोर्ट हुने/नहुने बारे केही बताइएको छैन।

प्रकाशित: २९ पुष २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार