वैज्ञानिकहरूले फेला पारे ग्यास र धुलोको बादलमा लुकेको ब्ल्याक होल

  • Technology Khabar | २९ पुष २०७८, बिहीबार
वैज्ञानिकहरूले फेला पारे ग्यास र धुलोको बादलमा लुकेको ब्ल्याक होल

काठमाडौं ।

नासाको चन्द्र एक्स-रे अब्जर्भेटरीको सहयोगमा अन्वेषकहरूले नयाँ ब्ल्याक होल पहिचान गरेका छन्। यो ब्ल्याक होल एमआरके ४६२ (Mrk 462) नामक ग्यालेक्सीमा पाइएको छ। यो सूर्यको पिण्डको २ लाख गुणा ठूलो छ।

एमआरके ४६२ केहि करोड ताराहरू भएको पुड्को आकाशगंगा हो। यसको तुलनामा हाम्रो ग्यालेक्सीमा कयौं अर्ब ताराहरू छन्। ११ करोड प्रकाश वर्षको दुरीमा रहेको यो ब्ल्याक होल ग्यास र धुलोको उच्च मात्राका कारण एमआरके ४६२ ग्यालेक्सीमा लुकेको थियो।

नासाले एउटा ब्लग पोस्टमा पहिलो पटक पुड्को ग्यालेक्सीमा ‘अपरिचित’ सुपरम्यासिभ ब्ल्याक होल फेला परेको बताएको छ। खगोलविद्हरूले प्रायः आकाशगंगाहरूको केन्द्रमा ताराहरूको द्रुत गतिको खोजी गरेर ब्ल्याक होलहरू पत्ता लगाउँछन्, तर अहिलेका टूलहरूले पुड्को आकाशगंगाहरू धेरै साना र सुस्त देखिन्छन्। तिनीहरूमा केहि पाउन गाह्रो हुन्छ।

यस बाहेक खगोलविद्हरूले ब्ल्याक होल पत्ता लगाउन अर्को प्रविधि प्रयोग गर्छन्। जसका कारण यो ब्ल्याक होल पत्ता लागेको हो ।

न्यू ह्याम्पशायरको डार्टमाउथ कलेजका ज्याक पार्करले आफ्ना सहकर्मी रायन हिकक्ससँग मिलेर अनुसन्धानको नेतृत्व गरेका थिए। ज्याक पार्करले एमआरके ४६२ मा यो आफ्नो किसिमको सबैभन्दा सानो ब्ल्याक होल भएको बताए। हिकोक्सले धूलो र ग्यासमा गाडिएको ब्ल्याक होल पत्ता लगाउन गाह्रो भएको हुनाले त्यस्ता अरु धेरै ब्ल्याक होल ड्वार्फ ग्यालेक्सीको अस्तित्व रहेको पत्ता लाग्न सक्ने उल्लेख गरे । उनकाअनुसार यो खोजले खगोलशास्त्रीहरूलाई ब्रह्माण्डमा ब्ल्याक होलहरू यति छिटो किन बढ्यो भनेर पत्ता लगाउन मद्दत गर्नेछ।

यस अध्ययनमा ८ ओटा पुड्का आकाशगंगाहरू अवलोकन गर्न चन्द्र एक्सरे वेधशालाको प्रयोग गरिएको थियो। यी आकाशगंगाहरूमा, पहिलो ब्ल्याक होलको विकासको संकेतहरू थिए। ती मध्ये, केवल बढ्दो ब्ल्याक होल एमआरके ४६२ ग्यालेक्सीमा पत्ता लगाइएको थियो।

प्रकाशित: २९ पुष २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार