आइएमई फाउन्डेसनले सफ्टवेयर इन्जिनियरिङ्गमा स्नातकोत्तर अध्ययन गर्न छात्रवृति दिने

  • Technology Khabar | २८ पुष २०७८, बुधबार
आइएमई फाउन्डेसनले सफ्टवेयर इन्जिनियरिङ्गमा स्नातकोत्तर अध्ययन गर्न छात्रवृति दिने

काठमाडौं ।

जीएमई कोरियाको सहकार्यमा आइएमई फाउन्डेसनले सफ्टवेयर इन्जिनियरिङ्गमा स्नातकोत्तर अध्ययन गर्न दुई जनालाई छात्रवृति दिने भएको छ।IME Foundation

सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका फाउन्डेसनले कोरियास्थित जुनसुकै विश्वविद्यालयमा सफ्टवेयर इन्जिनियरिङ्ग विषयमा स्नाकोत्तर अध्ययनका लागि छात्रवृत्ति दिने भएको हो।

माघ २८ गतेसम्म यसको लागि इच्छुक विद्यार्थीले आफ्नो व्यक्तिगत विवरण (बायोडाटा) फाउन्डेसनलाई पठाउनु पर्नेछ।

फाउन्डेसनको अनुसार उक्त छात्रवृत्ति अन्तर्गत प्रतिव्यक्ति वार्षिक १० हजार अमेरिकन डलरका दरले छात्रवृत्ति रकम प्रदान गरिनेछ। सफ्टवेयर इन्जिनियरिङ्ग विषयमा कम्तिमा स्नातक उतीर्ण इच्छुक जो कोहिले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन्।

कोरियामा अध्ययनरत रहँदा जीएमई कोरियामा स–शूल्क इन्टर्नसीपको अवसर प्राप्त हुनेछ भने अध्ययनको समाप्तिपछि कम्तीमा दूई वर्ष जीएमई कोरियामा पूर्णकालिन आबद्द हुनुपर्नेछ।

यसका अतिरिक्त कोरियामा स्नातकोत्तर अध्ययन गर्ने छात्र र छात्राहरूलाई प्राध्यापकहरूसँग ल्याबमा काम गर्ने अवसर समेत प्राप्त हुने सम्भावना रहने फाउन्डेसनले जनाएको छ।

पढाईमा अब्बल, नेतृत्व क्षमता एवम् अतिरिक्त क्रियाकलापमा विशेष रूचि राख्ने आवेदकलाई उच्च प्राथमिकता दिइने फाउन्डेसनले जनाएको छ।

प्रकाशित: २८ पुष २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार