एप्पलको एप स्टोरले दक्षिण कोरियामा अन्य भुक्तानी सेवा पनि स्वीकार गर्ने

  • Technology Khabar | २८ पुष २०७८, बुधबार
एप्पलको एप स्टोरले दक्षिण कोरियामा अन्य भुक्तानी सेवा पनि स्वीकार गर्ने

काठमाडौं ।

एप्पलको एप स्टोरले दक्षिण कोरियामा अन्य भुक्तानी सेवा प्रदायकहरुलाई पनि स्वीकार गर्ने भएको छ।

गत वर्षको सेप्टेम्बरमा दक्षिण कोरियामा एउटा कानून पारित भएको थियो जस अनुसार एप स्टोर सञ्चालकहरुले तेस्रो पक्षका भुक्तानी सिस्टमलाई पनि ठाउँ दिनुपर्ने हुन्छ।

अब आएर त्यही कानून अनुरुप एप्पलले कोरिया कम्युनिकेशन कमिशन केसीसी सँगको समन्वयमा आफ्नो तेस्रफ पक्षका भुक्तानि सेवा प्रदायकलाई स्वीकार गर्ने योजना बनाएको हो।

योन्हाप न्यूजका अनुसार यो नीति कहिलेदेखि आउँछ भन्ने यकिन मिति र नयाँ भुक्तानी प्रणालीका लागि शुल्क के कस्तो हुनेछ भन्ने बारेमा केही बताइएको छैन।

एप्पलको नयाँ भुक्तानी विकल्पमा एप बिक्री तथा इन-एप खरिदमा हाल विद्यमान ३० प्रतिशत एप स्टोर शुल्का तुलनामा कम हुनुपर्ने आशय रहेको छ।

केसीसीले यसअघि नै एप स्टोर सञ्चालकले वैकल्पिक भुक्तानी प्रणालीलाई स्वीकार गर्ने उक्त कानूनको उल्लङ्घन गरेमा कारबाही गर्ने घोषणा गरिसकेको छ।

प्रकाशित: २८ पुष २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...