चोर छोडेर पोकेमन समाउन जाँदा प्रहरीको जागिर चट्, पुनरावेदन लिन मानेन अदालतले

  • Technology Khabar | २८ पुष २०७८, बुधबार
चोर छोडेर पोकेमन समाउन जाँदा प्रहरीको जागिर चट्, पुनरावेदन लिन मानेन अदालतले

काठमाडौं ।

सन् २०१७ मा चोरको साटो पोकेमन गो को स्नोर्ल्याक्स पक्रिँदा बर्खास्त भएका लस एन्जल्स प्रहरी विभागका दुई अधिकृतहरुले हालै गर्न खोजेको पुनरावेदन क्यालिफोर्नियाका न्यायाधीशले दर्ता गर्न मानेका छैनन्।

उनले ती बर्खास्तीमा परेका अधिकृतहरुले उल्लेख गरेको कारण नै आधारहीन भएको भन्दै पुनरावेदन दर्ता गर्न अस्वीकार गरेका हुन्।

यस्तो थियो घटना

द भर्जका अनुसार अदालतको दस्तावेजमा प्रहरी अधिकृतहरु रहेको कारको भिडियो क्यामरामा लुइस लोजानो र एरिक मिचेल नामका ती दुई आरोपित अधिकारीहरुले चोर समाउन ब्याकअपका लागि बोलाउँदा नगएर गेम खेलेर बसेको देखिएको उल्लेख छ।

ती दुई डकैति भइरहेको ठाउँ नजिक तैनाथ रहेका र अन्य प्रहरीले ब्याकअपका लागि बोलाउँदा नगई त्यहाँबाट हिँडेका थिए।

पछि उनीहरुलाई किन कल नउठाएको भनेर सोध्दा आफूहरु हल्ला भएको ठाउँमा भएकाले सुन्न नसकेको बताए।

ती दुई अधिकृतका सुपरभाइजरलाई उनीहरुको जवाफमा शंका लागेपछि अनुसन्धान गर्दा र कारको ड्याशक्याम हेर्दा अरु नै तथ्य फेला परेको थियो।

जत्थालाई सहयोगको साटो स्नोर्ल्याक्सको पछि-पछि 

ती दुईले कल सुनेको तर सहायताका लागि जानुको सट्टा अन्तै गएको देखिएपछि त्यसबारेमा औपचारिक अनुसन्धान शुरु गरिएको थियो।

अदालतको दस्तावेज अनुसार इन-कार भिडियो सिस्टम हेर्दा उक्त ठाउँबाट हिँडेको केहीबेरमा ती दुई अधिकृतले पोकेमन गो र भर्खरै देखिएको स्नोर्ल्याक्स तथा त्यसलाई छेकेर समाउने उपयुक्त बाटोका बारेमा कुरा गरेको पत्ता लागेको थियो।

इन-कार भिडियो सिस्टमले खोल्यो पोल

त्यसको २० मिनेटपछि इन-कार भिडियो सिस्टमले ती दुई अधिकृतहरु स्नोर्ल्याक्स देखा परेको ठाउँतिर गाडी मोडेर एक आपसमा पोकेमन गो कै बारेमा गफ गरिरहेको रेकर्ड गरेको पाइएको थियो।

यसबारेमा सोध्दा उनीहरुले ठाडै अस्वीकार गरेको र आफूहरुले पोकेमन गो का बारेमा कुरा मात्र गरेको बताएका थिए।

उनीहरुले इन-भेहिकल रेकर्डिङ अधिकृतहरुको गोप्य व्यक्तिगत कुराकानी सुन्नका लागि नभएको भन्ने आधारलाई लिएर पुनरावेदन गर्न खोजेकामा ती न्यायाधीशले उक्त आधार नै अपर्याप्त भएको भन्दै पुनरावेदन लिन अस्वीकार गरेका द भर्जले जनाएको छ।

प्रकाशित: २८ पुष २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार