काठमाडौं ।
चिनियाँ स्मार्टफोन ब्रान्ड वनप्लसले आफ्नो नयाँ फोन वनप्लस १० प्रो चीनमा आधिकारिक रुपमा सार्वजनिक गरेको छ।
ब्रान्डको यो नयाँ फ्ल्यागशिप स्मार्टफोनमा यसअघिका मोडलको तुलनामा निकै सुधार गरिएको छ। यी सुधारहरुमा क्वालकमको चिपसेट, फास्ट चार्जिङ तथा दोस्रो जेनेरेशनको फ्लेक्सिबल रिफ्रेश रेटसहितको एलटीपीओ स्क्रीनलगायतका रहेका छन्।
यो डिभाइसमा ६.७ इन्चको १४४०पी रेजोल्युशनसहितको एलटीपीओ २.० एमोलेड स्क्रीन रहेको छ।
यसबाहेक यसमा ८ र १२ जीबी एलपीडीडीआर५ र्याम तथा १२८ र २५६ जीबी यूएफएस ३.१ आन्तरिक स्टोरेज रहेको छ।
फोटोका लागि वनप्लस १० प्रोमा ४८ मेगापिक्सेलको सोनी आईएमएक्स७८९ तथा ५० मेगापिक्सेलको सामसङ जेएन१ सेन्सर रहेका छन् भने सेल्फीका लागि ३२ मेगापिक्सेल शूटर दिइएको छ।
चीनमा उपलब्ध वनप्लस १०प्रोमा एन्ड्रोइड १२ मा आधारित १२.१ कलरओएस रहेको छ भने ग्रोबल भर्सनमा अक्सिजनओएस आउने अपेक्षा गरिएको छ।
कम्पनीले फोन तात्ने समस्या कम गर्नका लागि सुधारिएको कूलिङ सिस्टम दिइएको छ।
यसबाहेक ५००० एमएएचको ८० वाट वायर्ड तथा ५० वाट वायारलेस फास्ट चार्जिङसहितको ब्याट्री दिइएको छ।
चीनमा कालो र हरियो रंगमा यो सेटको मूल्य ८/१२८ जीबी भेरियन्टको ७३७ डलर तथा १२/२५६ जीबीको ८३१ डलर तोकिएको छ।
प्रकाशित: २८ पुष २०७८, बुधबार