काठमाडौं ।
जापानले हालै भएको द्विपक्षीय आर्थिक तथा व्यापार छलफलका क्रममा ताइवानसँग सेमिकन्डक्टर चिपको कारोबारका लागि बृहत् साझेदारीका लागि आग्रह गरेको छ।
मंगलबार भएको छलफलमा जापान-ताइवान एक्सचेन्ज एसोसियशनका अध्यक्ष मित्सुओ ओहासीले जापानमा उत्पादन विस्तार गर्न लागेकोमा टीएसएमसीको प्रशंसा गरे।
उनले भने, ‘यो साझेदारीले जापान र ताइवानको आपूर्ति श्रृङ्खला अझै विस्तार भएर दुवै देशका उत्थानशीलतालाई सकारात्मक प्रभाव पार्ने मैले आशा लिएको छु।’
हाल कोरोना महामारीका कारण जापान र ताइवानबीचको व्यापारिक आदान प्रदान रोकिए पनि दुई देशबीचको आर्थिक सम्बन्ध भने अझै मजबुत भएर जाने ओहासीले भिडियोमार्फत् थपे।
जापान र ताइवानबीच औपचारिक कूटनीतिक सम्बन्ध नभए पनि नजिकको अनैपचारिक सम्बन्ध रहँदै आएको छ।
प्रकाशित: २८ पुष २०७८, बुधबार