
काठमाडौं ।
छिमेकी देश भारतमा केन्द्रीय सूचना तथा प्रसारण मन्त्रालयको ट्विटर एकाउन्ट आज बिहान ह्याक भएको छ।
यस क्रममा ह्याकरहरूले बिटक्वाइनको लिङ्क साझा गरेका थिए, जसमा टेस्लाका सीईओ इलन मस्कको फोटो राखिएको थियो।
ह्याकरहरूले लिङ्कको साथ क्याप्सनमा लेखेका छन्- ‘समथिङ्ग अम्याजिङ’। तर, अब मन्त्रालयले ट्वीट गरेर खाता फेरि फिक्स गरिएको जानकारी दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।
ह्याकरहरूले पोस्ट गरेको लिङ्कको जवाफमा राम्रो काम पनि लेखिएको थियो। अब यो खाता फेरि रिस्टोर गरिएको छ।
The account @Mib_india has been restored. This is for the information of all the followers.
— Ministry of Information and Broadcasting (@MIB_India) January 12, 2022
भारतको केन्द्रीय सूचना तथा प्रसारण मन्त्रालयको ट्वीटरमा १४ लाख फलोअर्स छन् ।
प्रकाशित: २८ पुष २०७८, बुधबार