ग्रामीण ब्रोडब्याण्ड परियोजनाको काम ९६.३१ प्रतिशत पूरा

  • Technology Khabar | २८ पुष २०७८, बुधबार
ग्रामीण ब्रोडब्याण्ड परियोजनाको काम ९६.३१ प्रतिशत पूरा

काठमाडौं ।

नेपाल सरकारको ग्रामीण दूरसञ्चार पूर्वाधार विकासको योजना अनुरुप ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गत २०७८ मंसिर मसान्तसम्म ९६.३१ प्रतिशत काम सम्पन्न भएको छ।

यो प्रगतिको आँकडा कार्तिक मसान्तसम्म९६.०४, ९५.१७, असोज मसान्तसम्म ९५.१७ प्रतिशत, भाद्र मसान्तसम्म  ९४.४१ प्रतिशत थियो भने श्रावण मसान्तसम्म  ९१.८७ प्रतिशत रहेको थियो ।

हालै नेपाल दूरसञ्चार प्राधिकरणद्वारा जारी कार्तिक महिनासम्मको प्रगति विवरण अनुसार ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडब्याण्ड सेवा उपलब्ध गराउने १८ ‌ओटा प्याकेजमध्ये  असोज मसान्तसम्म १६ ओटा प्याकेजहरु मार्फत् ६५ जिल्लाहरुमा तोकिए बमोजिमका स्थानहरुमा १०० प्रतिशत काम सकिएको छ।

साथै एउटा प्याकेजमार्फत् ५ जिल्लाहरुमा तोकिए बमोजिमका स्थानहरुमा नेटवर्क तथा कनेक्टिभिटी जडानको ५० प्रतिशत निर्माण कार्य  सम्पन्न भएको छ।

हालसम्म जडान कार्य सम्पन्न भइ सञ्चालनमा रहेका साइटहरुको विवरण यस प्राधिकरणको वेबसाइटमा रहेको लिंकमा हेर्न सकिन्छ।

सम्पन्न भएका परियोजनाहरु मध्ये हालसम्म ६ वटा परियोजनाको अनुगमन तथा प्रमाणीकरणको काम सम्पन्न भइसकेको छ। त्यस्तै एउटा परियोजनाको प्राधिकरणबाट नियुक्त परामर्शदाताहरुबाट पहिलो चरण अन्तर्गतको अनुगमन तथा प्रमाणीकरणको काम सम्पन्न भएको छ।

२ ओटा परियोजनाहरुको दोस्रो चरण अन्तर्गतको अनुगमन तथा प्रमाणीकरणको काम भइरहेको छ। त्यस्तै एउटा परियोजनाको तेस्रो चरण अन्तर्गतको अनुगमन तथा प्रमाणीकरणको काम सम्पन्न भएर प्रतिवेदन आइसकेको प्राधिकरणको प्रगति विवरणमा उल्लेख छ।

२०७८ मंसिर मसान्तसम्म ब्रोडब्याण्ड परियोजनाहरुको संक्षिप्त भाैतिक प्रगति विवरण यस्तो छ:

विवरणस्थानीय निकायको कार्यालयवडा कार्यालयमाध्यमिक विद्यालयस्वास्थ्य संस्थाको संख्याजम्मा
सम्झाैता भएका १८ प्याकेजका साइट संख्या७०२५,९३३५,२२५४,१२२१५,९८२
इन्टरनेट जडान सम्पन्न भएको६७९५,६६४५,०२३४,०२७१५,३९३
जडान गर्न बाँकी संख्या२३२६९२०२९५५८९
इन्टरनेट जडान सम्पन्न प्रतिशत९६.७२९५.४७९६.१३९७.७०९६.३१

प्रकाशित: २८ पुष २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार