फोटो पत्रकारिताका लागि आफ्नै एनएफटी मार्केटप्लेस शुरु गर्दै एसोसियटेड प्रेस

  • Technology Khabar | २७ पुष २०७८, मंगलवार
फोटो पत्रकारिताका लागि आफ्नै एनएफटी मार्केटप्लेस शुरु गर्दै एसोसियटेड प्रेस

काठमाडौं ।

एपीका नामले चिनिने अन्तरराष्ट्रिय समाचार संस्था एसोसियटेड प्रेसले फोटो पत्रकारिताका लागि आफ्नै एनएफटी मार्केटप्लेस शुरु गर्ने भएको छ।

यसका लागि एपीले जोआ नामको कम्पनीसँग साझेदारी गरेको छ। यो मार्केटप्लेसमा फोटो पत्रकारहरुका सामग्रीको एनएफटी किनबेच हुनेछ।

हाल कम्पनीले एजेन्सीका पुरस्कार जित्न सफल तत्कालीन र ऐतिहासिक फोटो पत्रकारहरुका सामग्री बिक्री गर्ने प्रक्रियाका लागि काम गरिरहेको द भर्जले जनाएको छ।

समाचार संस्था एपीले आफ्नो सिस्टम वातावरणमैत्री पोलिगन ब्लकचेनमा बन्ने र एनएफटीहरुमा वास्तविक मेटाडाटा संग्रहित हुने बताएको छ।

उक्त मेटाडाटाले खरिदकर्ताहरुलाई उक्त फोटो कहिले, कहाँ र कसरी खिचिएको थियो भन्नेबारेमा जानकारी दिने बताएको छ।

यसको पहिलो कलेक्शन आगामी जनवरी ३१ मा सार्वजनिक हुने र यसमा अन्तरिक्ष, हावापानी, युद्धका तथा अन्य तस्बिरहरुका एनएफटी रहने जानका।री दिएको छ।

प्रकाशित: २७ पुष २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...