
काठमाडौं ।
चिनियाँ अनलाइन जायन्ट टेन्सेन्टले शाओमीको ब्ल्याक शार्क गेमिङ डिभिजन ४७ करोड डलरमा किन्ने भएको छ।
हालै आएका रिपोर्टहरुका अनुसार टेन्सेन्टले शाओमीको उक्त गेमिङ विभागको स्वामित्व समग्ररुपमा खरिद गर्नका लागि लगभग ३ अर्ब चिनियाँ यूआन अर्थात् ४७ करोड डलरभन्दा बढी रकम खर्च गर्ने भएको हो।
Breaking:
Tencent will acquire BlackShark Gaming part of xiaomi group in 3 billion yuan.#Tencent #BlackShark #Xiaomi pic.twitter.com/zcFLdSyG9C— Abhishek Yadav (@yabhishekhd) January 10, 2022
यो स्वामित्व किनबेचका बारेमा यो भन्दा धेरै विवरण खासै प्राप्त भएको छैन भने यसबारेमा कुनै आधिकारिक दस्तावेज पनि बाहिरिएको छैन।
यदि यो चर्चा सही सावित भएको खण्डमा टेन्सेन्टले अन्तत: गेमिङ स्मार्टफोन सेगमेन्टमा कदम राख्ने सुनिश्चित छ। तर कम्पनीले हार्डवेयर भने आफ्नै प्रयोग गर्ने बुझिएको छ।
यसअघि टेन्सेन्टले असुस तथा नुबियाजस्ता स्मार्टफोन ब्रान्डहरुसँग सहकार्य गरिसकेको छ। कम्पनीले रोग फोनका लागि असुससँग तथा रेड म्याजिक सिरिजका लागि नुबियासँग सहकार्य गरेको थियो।
शाओमीको ब्ल्याक शार्क डिभिजनले केही ठूला बजारमा आफ्नो उपस्थित जनाइसकेकाले यसको स्वामित्व ग्रहणमार्फत् कम्पनीले आफ्नो व्यवसायलाई समुद्रपारका देशहरुमा समेत फैलाउने योजना बनाएको बुझ्न सकिन्छ।
प्रकाशित: २७ पुष २०७८, मंगलवार