
काठमाडौं ।
सन् २०२१ का समग्रमा २५ अर्ब डलर बराबरको एनएफटी बिक्री भएको छ।
हालै डापराडार नामक बजार विश्लेषण संस्थाले बाहिर ल्याएको तथ्याङ्कअनुसार अघिल्लो वर्षभर कार्टून एपदेखि भिडियो क्लिप तथा अन्य कलाकृति एनएफटीका रुपमा किनबेच भएका र त्यसबापत २५ अर्ब डलरको समग्र कारोबार भएको पाइएको हो।
तर क्रिप्टो सम्पत्तिको समग्र कारोबार रकम निकै बढी देखिए पनि वर्षको अन्त्यतिर आइपुग्दा यसको वृद्धिदर भने सुस्त भएको रिपोर्टले देखाएको छ।
केही एनएफटी तथा डिजिटल वस्तुका प्रतिनिधित्व गर्ने तस्बिर, भिडियो वा भर्चुअल दुनियाँको जमीनसहितका केही क्रिप्टो सम्पत्तिका मूल्य तीव्रगतिमा बढेकोले केही कारोबारीले त केही दिनमै निकै नाफा कमाउन समेत सफल भएका थिए।
यो अवधिमा अक्शन गर्ने संस्थाहरुले सामान्य कार्टूनदेखि लिएर अन्य कलाकृतिहरुको डिजिटल टोकन दशो लाख डलरमा बिक्री गरिदिएपछि कलाक्षेत्रले केही समयमै निकै रकम आर्जन गर्न सफल भयो।
यसै क्रममा गत वर्षको मार्च महिनामा एउटा एनएफटी कलाकृति त कीर्तिमानी ६ करोड ९३ लाख डलरमा बिक्री भएको थियो।
यसैगरी कोका कोला तथा गुचीजस्ता विश्वका ठूला ब्रान्डहरुले समेत आफ्ना एनएफटी बिक्री गरेका थिए।
प्रकाशित: २७ पुष २०७८, मंगलवार