भारतमा बुल्ली बाइ एप बनाएको आरोपमा एक व्यक्ति पक्राउ

  • Technology Khabar | २७ पुष २०७८, मंगलवार
भारतमा बुल्ली बाइ एप बनाएको आरोपमा एक व्यक्ति पक्राउ

काठमाडौं ।

भारतमा गत वर्ष मुस्लिम महिलाहरुलाई बिक्रीका लागि बोली लगाउने एप सुल्ली डिल्स बनाएको आशंकामा प्रहरीले एक युवालाई पक्राउ गरेको छ।

ओपन सोर्स एप सुल्ली डिल्स गत जुलाइ २०२१ मा गिटहबमा होस्ट गरिएको थियो। ती २५ वर्षीय व्यक्तिलाई प्रहरीले सुल्ली डिल्सजस्तै बुल्ली बाइ नामक बनाएर १०० भन्दा बढी मुस्लिम महिलाको फोटो अपलोड गरेको केही दिनमा पक्राउ गरेको हो।

पछिल्लो एप बुल्ली बाइ बनाउने काममा संलग्न भएको आरोपमा एकजना २१ वर्षीय युवकसहित ४ जना बिद्यार्थीहरु पक्राउन परेका हुन्।

बुल्ली बाइ प्रकरणमा पक्राउ परेका व्यक्ति

सुल्ली डिल्स र बुल्ली बाइ दुवै एपका घटनामा महिलाहरुको वास्तविक बिक्री भएको थिएन बरु मुस्लिम महिलाहरुलाई गिराउने उद्देश्यले उक्त एप बनाइएको बुझिएको छ।

सुल्ली हीन्दी भाषामा हिन्दू धर्मावलम्बीले मुस्लिम महिलाहरुलाई होच्याउने शब्द हो भने बुल्लीको अर्थ पनि नकारात्मक नै लाग्छ।

केही पीडित महिलाहरुले गत जुलाइमा प्रहरीमा उजुरी दिएपछि बुल्ली बाइ एपविरुद्ध अनलाइनमा निकै आलोचना भएको थियो।

आइतबार भने प्रहरीले इन्दोरका ओंकारेश्वर ठाकुरलाई पक्राउ गरेको हो।

बुल्ली बाइका सर्जकका रुपमा आरोपित नीरज बिश्नोइलाई सोधपूछ गर्ने क्रममा ठाकुरको नाम आएको प्रहरीले बताएको बीबीसीले उल्लेख गरेको छ।

प्रकाशित: २७ पुष २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...