
काठमाडौं ।
नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति प्रकृया र कार्यबिधि संसोधनको विरुद्धमा परेको मुद्दा आज हेर्न नभ्याईनेमा परेको छ।
टेलिकमको नयाँ प्रबन्ध निर्देशक नियुक्ति प्रकृया र कार्यबिधि संसोधन गरिएको विरुद्धमा डा राजेन्द्र कुमार पोखरेलले दायर गरेको मुद्दाको आज सुनुवाई हुन नसकेको हो।
पोखरेलले सर्वोच्चमा दायर गरेको सो मुद्दामा यसअघि पुस १३ गते सर्वोच्च अदालतले कारण देखाउ तथा अल्पकालिन अन्तरिम आदेश जारी गरिसकेको छ भने सो मुद्दाको सुनुवाई आज तोकिएको थियो।
सर्वोच्चका न्यायाधिशद्वय डा आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको इजलासमा परेकोमा हेर्न नभ्याईने भएको हो । सो मुद्दामा अन्तरिम आदेशको छलफलका लागि पक्ष र विपक्ष दुबैलाई सर्वोच्चले बोलाएको छ।
उनले सो नियुक्ति प्रकृयाको विरुद्धमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबार काठमाडौ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिहदरबार काठमाडौ र नेपाल टेलिकमलाई सो मुद्दामा विपक्षी बनाएका छन्।
प्रकाशित: २६ पुष २०७८, सोमबार