कामना सेवा विकास बैंक र नमस्ते पेबीच साझेदारी, डिजिटल वालेट सुविधा आदान प्रदान गर्ने

  • Technology Khabar | २६ पुष २०७८, सोमबार
कामना सेवा विकास बैंक र नमस्ते पेबीच साझेदारी, डिजिटल वालेट सुविधा आदान प्रदान गर्ने

काठमाडौं ।

कामना सेवा विकास बैंक र नमस्ते पेबीच साझेदारी पत्रमा हस्ताक्षर भएको छ। नेपाल दूरसञ्चार कम्पनीको डिजिटल वालेट सुविधा आदान प्रदान गर्ने उद्देश्यले दुई संस्थाबीच साझेदारी पत्रमा हस्ताक्षर भएको हो।

उक्त साझेदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिण बस्नेत र नमस्ते पेका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भण्डारीले संयुक्तरुपमा हस्ताक्षर गरेका हुन्।

यस सुविधा मार्फत बैंकको मोबाइल बैकिङ सेवा लिएका ग्राहकले आफ्नो खातामा रहेको रकम मोबाइल बैकिङ मार्फत नमस्ते पे मा फण्ड लोड गरी क्रेडिट कार्डको बिल भुक्तानी, इन्स्योरेन्सको प्रिमियम भुक्तानी, विद्युतय महसुल भुक्तानी, खानेपानी महसुल भुक्तानी, मोबाइल टप अप गर्ने लगायत अन्य विभिन्न भुक्तानीहरुको सुविधा लिन सक्नेछन्।

काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, १ एक्स्टेन्सन काउन्टर र १ शाखा रहित बैंकिङ सेवा तथा ७७ वटा एटीएममार्फत ग्राहकलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ।

साथै बैंकले एबीबीएस, एसएमएस बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, सी आश्वा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ।

प्रकाशित: २६ पुष २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...