सोनीको थ्रीडी स्क्यानरको पेटेन्ट विचाराधीन अवस्थामा

  • Technology Khabar | २६ पुष २०७८, सोमबार
सोनीको थ्रीडी स्क्यानरको पेटेन्ट विचाराधीन अवस्थामा

काठमाडौं ।

जापानको सोनी कम्पनीले दर्ता गरेको वास्तविक चिजबिजहरुलाई भीआरमा परिणत गर्ने थ्रीडी स्क्यानरको पेटेन्ट विचाराधीन रहेको छ।

कम्पनीले यो पेटेन्टका लागि गत वर्षको जुनमै आवेदन दिएको भए पनि पेटेन्ट प्रदान गर्ने कार्यालयले भने यसका बारेमा थप विवरणसहितको दस्तावेज पेश गर्न भनेको थियो।

संस्थाको आग्रह अनुसार सोनीले दस्तावेजहरु पेश गरिसकेको र पेटेन्टका लागि प्रक्रियागत कामहरु भइरहेको र केही समयमा पेटेन्ट प्राप्त हुने कम्पनीको अपेक्षा छ।

पेटेन्ट आधिकारिक रुपमा सोनीको नाउँमा आइनसके पनि दावीका लागि बुझाइएका दस्तावेजमार्फत् उक्त थ्रीडी स्क्यानरले दैनिक जीवनमा देखिने वस्तुहरुलाई भीआर अर्थात् भर्चुअल रियालिटीमा परिवर्तन गर्न वा वास्तविक वातावरणलाई भर्चुअल दुनियाँमा बदल्न सहयोग पुर्याउने बुझिएको छ।

यसबाहेक यूजरले ठूला ठूला वस्तुहरु पनि यसबाट स्क्यान गर्न सक्नेछन्। यसका लागि उक्त वस्तु लाई ३६० डिग्रीमा स्क्यान गर्न सकिने खालको हुनुपर्दछ।

यो हाल पेटेन्टका रुपमा मात्र रहेकाले कुनै समयमा वास्तवमै सार्वजनिक हुन पनि सक्छ भने कहिल्यै सार्वजनिक नहुन पनि सक्छ।

प्रकाशित: २६ पुष २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...