विन्टर इन्टेक कोड क्याम्प शुरू, विद्यार्थीलाई सिप विकाससँगै रोजगारीको अवसर

  • Technology Khabar | २५ पुष २०७८, आईतवार

काठमाडौं ।

नेपालको अग्रणी आईटी कम्पनी इन्फोडेभलपर्सले आयोजना गरेको विन्टर इन्टेक कोड क्याम्प सुरू भएको छ।

आइएमइ पे, स्विफ्ट टेक्नोलोजी, मिदास टेक्नोलोजी र रिगो टेक्नोलोजीसँगको सहकार्यमा आयोजना भइरहेको विन्टर इन्टेक कोड क्याम्प पुस २५ गते आईतबार हेरिटेज गार्डेनमा एक कार्यक्रमको आयोजना गरि सुरू भएको हो।

कार्यक्रममा २ सय बढी विद्यार्थीहरुको सहभागिता रहेको छ ।

आइटी उद्योग र एकेडेमिया बिचमा देखिएको ग्यापलाई कम गर्ने उदेश्य अनुरुप आयोजना गरिएको कार्यक्रममा गत पुस २ गतेदेखि १६ गतेसम्म रजिस्ट्रेसन आब्ह्वान गरिएको थियो । कोडक्याम्पको लागि ४ सयबढी विद्यार्थीहरुको आवेदन दिएका थिए । पहिलो चरणबाट २ सयबढी विद्यार्थीहरु छानिएर रुची भएको प्रोग्रामिङको समुहमा सहभागी भएर प्रोजेक्ट तयार गर्नेछन।

यसपश्चात छनौटमा परेका एकसय प्रतिस्प्रधीहरु स्किल डेभलपमेन्ट कार्यक्रममा सहभागी हुने अवसर प्राप्त गर्नेछन। उनिहरुलाई माघ ३ गतेदेखि चैत ३ गतेसम्म २ महिना कम्पनीमा रहेर इन्टेक ट्रेनिसिप कार्यक्रममा सहभागि गराइने आयोजकले जानकारी दिएको छ।

चैत १७ गतेदेखि आयोजक कम्पनीहरुले उत्कृष्ट ५० देखि १०० विद्यार्थीलाई नियमितरुपमा रोजगारीको अवसर प्रदान गर्नेछन।

आइटी उद्योग र एकेडेमीकबीचको एक महत्वपुर्ण सहकार्य र दायित्वको रुपमा यो कार्यक्रम विकास गरिएको आयोजक इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले बताए। यसले नेपालको डिजिटल इकोसिस्टमको विकासमा पनि सघाउ पुर्याउने उनको बिचार थियो।

आइटी उद्योगमा पछिल्लो समय दक्ष जनशत्तीको अभाव भइरहेको कारण आइटी कम्पनीहरुले यस किसिमको कार्यक्रमको आयोजना गरेर दक्षता विकास गर्दै अवसर प्रदान गर्नु अत्यन्त राम्रो काम भएको क्यान महासंघका पुर्व अध्यक्ष तथा ग्रिन आइटी सोलुसनका अध्यक्ष विनोद ढकालले बताए।

उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै स्विफ्ट टेक्नोलोजीका सिइयो रघु भण्डारीले नयाँ प्रतिभाहरू पहिचान गर्दै रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यसहित विन्टर इन्टेक कोड क्याम्प आयोजना भएको जानकारी दिए ।

यस कार्यक्रममा काठमाण्डौं, ललितपुर र भत्तपुर जिल्लाका ४० बढि कलेजहरुबाट विद्यार्थीहरुको सहभागिता रहेको छ।

क्याम्पमा सहभागि विद्यार्थीहरुले आइटी उद्योगमा चर्चित प्रोग्रामिङ ल्याङ्वेज र डिजाइनमा समेत आफ्नो सिप दे्खाउँदै थप सिक्ने अवसर प्राप्त गर्नेछन्।

क्याम्पमा जाभा, रियाक्ट, डटनेट, एंगुलर, लाराभेल, एन्ड्रोइड तथा आईओएस एप डेभलपमेन्ट, एआई, डेटाबेस, युएक्सयुआई डिजाइन, ग्राफिक्स डिजाइन, पाइथन, फ्लटर, पीएचपी, बिजनेस एनालिष्ट लगायतमा छुट्टाछुट्टै समुह बनाएर ट्रेनिसिप प्रदान गरिने बताईएको छ।

यसको लागि हरेक समुहको टिम लिडर आइटी कम्पनीमा नै काम गरिरहेका सिनियर एक्पर्ट रहेको आयोजकले जनाएको छ।

प्रकाशित: २५ पुष २०७८, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार