टेक्नोद्वारा स्मार्टफोनका लागि विश्वकै पहिलो टेलिस्कोपिक म्याक्रो लेन्स सार्वजनिक

  • Technology Khabar | २५ पुष २०७८, आईतवार
टेक्नोद्वारा स्मार्टफोनका लागि विश्वकै पहिलो टेलिस्कोपिक म्याक्रो लेन्स सार्वजनिक

काठमाडौं ।

स्मार्टफोन कम्पनी टेक्नोले स्मार्टफोनका लागि विश्वकै पहिलो टेलिस्कोपिक म्याक्रो लेन्स सार्वजनिक गरेको छ।

कम्पनीले गत डिसेम्बरमा स्मार्टफोन क्यामराका लागि सेन्सर शिफ्ट आईएस प्रविधिको घोषणा गरेकोमा हाल आएर टेलिस्कोपिक म्याक्रो लेन्सको अवधारणा अगाडि सारेको हो। उक्त लेन्सले म्याक्रो फोटोको गुणस्तर मात्र सुधार्ने नभइ म्याक्रो फोटो खिच्ने सम्पूर्ण प्रक्रियाकै अनुभवमा सुधार ल्याउने दावी गरिएको छ।

यो एउटा टेलिफोटो म्याक्रो लेन्स हो जुन यसको बडीबाट केही अगाडिसम्म जान्छ। यसले फोटो खिचिने वस्तुको नजिक नगइकन क्लोज अप फोटो लिन सहयोग गर्दछ।

यसमा ५ गुणा अप्टिकल जूम रहेको र यसबाट खिचिएको फोटोको गुणस्तर मुख्य क्यामरासँग दाँज्न मिल्ने खालको रहने बताइएको छ। यसमा ठूलो साइजको अपर्चर दिइएको कम्पनीको दावी छ।

प्रकाशित: २५ पुष २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...