डिश मिडिया नेटवर्कलाई आईटी/आईएसपी तर्फको एचआरएम अवार्ड

  • Technology Khabar | २५ पुष २०७८, आईतवार
डिश मिडिया नेटवर्कलाई आईटी/आईएसपी तर्फको एचआरएम अवार्ड

काठमाडौं ।

नेपाली कर्पोरेट क्षेत्रमा योगदान गर्ने उत्कृष्ट संस्थालाई प्रदान गरिने एचआरएम अवार्ड मध्ये यस वर्षको आईटी/आईएसपी अवार्ड डिशमिडिया नेटवर्क लि.ले प्राप्त गरेको छ।

डिश मिडया नेटवर्क ले आफ्नो ईन्टरनेट सेवा सुरुवात गरेसंगै आईटी/आईएसपी क्याटागोरीमा यो अवार्ड प्राप्त गरेको हो।

नेपालको निजी क्षेत्रमा उत्कृष्ट कार्य गर्दै मुलकको समग्र आर्थिक तथा सामाजिक विकासमा उल्लेखिय योगदान गर्ने संस्था तथा व्यक्तिको सम्मानका लागि कर्पोरेट क्लव प्रालिले हरेक वर्ष अवार्ड प्रदान गर्ने बताईएको छ।

सो अवार्ड छनौटका लागि काठमाडौं विशवविद्यालय व्यवस्थापन संकायका पूर्व डीन डा. सुवास केसीसहित पुण्यप्रसाद न्यौपाने, पूर्व सचिव नेपाल सरकार, प्रोफेसर डा. रिता श्रेष्ठ र आशुतोष तिवारी र बैकर वर्षा श्रेष्ठ रहेका थिए।

प्रकाशित: २५ पुष २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...