
काठमाडौं ।
सूचना प्रविधिको विकाससँगै अनलाइनमार्फत विभिन्न स्वरूपका गैरकानुनी कार्य फष्टाएको भन्दै गृह मन्त्रालयले यस्तो कार्य गरेको पाइएमा कारबाही गरिने चेतावनी दिएको छ।
आर्थिक लाभ पुर्याउने प्रलोभनमा पछिल्लो समयमा अनलाइनमार्फत विभिन्न क्रियाकलाप गरी गैर कानुनी कार्य गरीएको भन्दै मन्त्रालयले कारबाही गर्ने बताएको हो।
यस्ता क्रियाकलापबाट ठगी र असुरक्षाको वातावरण सिर्जना भएको गुनासो प्राप्त भएका जनाउँदै मन्त्रालयले सचेत हुन पनि नागरिकलाई आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गरेको विज्ञप्तिमा गाउँरसमाजमा नेटवर्किङ व्यवसाय, अनलाइन व्यवसाय, अनलाइन बैंकिङ, अनलाइन सहकारी, बीमा, गेमिङजस्ता गैरकानुनी कार्य फष्टाउँदै गएकाले इजाजत प्राप्त बाहेकका क्रियाकलापको निगरानी र नियन्त्रणको कार्य जारी रहेको जनाइएको छ।
सूचना प्रविधिको विकाससँगै पछिल्लो समयमा इजाजत नलिइ अनलाइन वा विद्युतीय कारोबारका नाममा यस्ता गतिविधि भइरहेको पनि मन्त्रालयले जनाएको छ।
हेर्नुस् विज्ञप्ति-

प्रकाशित: २४ पुष २०७८, शनिबार