
काठमाडौं ।
बेलायतमा चङ्गामार्फत विद्युत् उत्पादन गर्ने प्रविधिको विकास गरिएको छ।
हलुका प्रकृतिका चङ्गाका ब्लेडलाई जमिनमा रहने जेनेरेटरसँग जोडिने ‘टर्बाइन चङ्गा’मार्फत् विद्युत् उत्पादन हुन थालेको हो।
बेलायतका रड रिड नाम गरेका इन्जिनियरले एक दशक भन्दा बढी समयको मेहनत पश्चात स्कटल्यान्डमा यस्तो टर्बाइनको विकास गरेका हुन्।
ज्यादै हल्का ब्लेडमार्फत चार्ज हुने स्थिर टर्बाइनले एउटा घरलाई पर्याप्त उर्जा दिने रिडको दाबी छ। हावामा घुम्दै फनफनी उड्ने टर्बाइनले जमिनमा रहेको जेनेरेटरमा विद्युत् उत्पादन गर्न सहयोग गर्छ।
सस्तो खर्चमा सफल हुने यस्तो अभ्यासलाई स्वच्छ उर्जाको विकल्प हुनसक्ने बताइएको छ।
‘टर्बाइन चङ्गा’को मद्दतले विद्युतीय सवारी चार्ज गर्नुका साथै मझौला प्रकृतिका भाँडामा पानी उमाल्न प्रयोग गरिएको बेलायती सञ्चारमाध्यम बीबीसीले जनाएको छ।
‘टर्बाइन चङ्गा’को ब्लेड र यसका लागि आवश्यक अन्य उपकरण बनाउन ज्यादै खर्चिलो नभएकाले ठूलो र परिमार्जित आकारमा बनाउँदा अझै बढी विद्युत् उत्पादन गर्न सकिने रिड बताउँछन्।
हेर्दा अन्य चङ्गाझै देखिने ब्लेड जमिनबाट १० किलोमिटर माथिसम्म उडाउन सकिने उनको भनाइ छ। ‘यस्तो उर्जा कृषि, उद्योग, माछा मार्ने ठूलठूला डुंगा र अन्य प्रयोजनका लागि पनि व्यवहारिक हुन सक्छ’, रिडले बीबीसीसँग भनेका छन्।
प्रकाशित: २४ पुष २०७८, शनिबार