गण्डकी विश्वविद्यालयमा बीआइटीका लागि आवेदन दिने म्याद थप

  • Technology Khabar | २३ पुष २०७८, शुक्रबार
गण्डकी विश्वविद्यालयमा बीआइटीका लागि आवेदन दिने म्याद थप

काठमाडौं ।

गण्डकी विश्वविद्यालयले सूचना प्रविधि विषयमा भर्ना हुने अवधि थपेको छ। चार वर्षे ब्याचलर इन इन्फरमेसन टेक्नालोजी (बीआइटी)का लागि आगामी माघ १४सम्म आवेदन दिन सकिने विश्वविद्यालयले जनाएको छ। यसअघि आवेदनको मिति २ पुसदेखि २३ पुससम्म तोकिएको थियो।

‘अभिभावक तथा विद्यार्थीहरुको बढ्दो मागलाई समेत ध्यानमा राखी उक्त कार्यक्रममा भर्नाको निम्ति आवेदन दिने अन्तिम मिति २०७८ माघ १४ गतेसम्म कायम गरिएको व्यहोरा जानकारी गराइन्छ’, विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो सूचनामा भनिएको छ।

यो मिति बीआइटीसहित ब्याचलर इन स्पोर्टस् म्यानेजमेन्ट विषयका लागि तोकिएको छ। आवेदन फारम विश्वविद्यालयको केन्द्रीय कार्यालय मुस्ताङ चोक पोखरा र विश्वविद्यालयको वेवसाइटमार्फत प्राप्त गर्न सकिने बताइएको छ।

मुलुककै पहिलो प्रादेशिक विश्वविद्यालयका रुपमा रहेको यो संस्थाले स्नातक तहका बीआइटीसहित ब्याचलर इन स्पोर्टस् म्यानेजमेन्ट र ब्याचलर अफ फार्मेसी विषयमा भर्नाका लागि आवेदन माग गरेको हो।

प्रकाशित: २३ पुष २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार