सिटिजन्स बैंक इन्टरनेसनलको कार्ड लेस क्यास विथड्रल सेवा शुरु

  • Technology Khabar | २३ पुष २०७८, शुक्रबार
सिटिजन्स बैंक इन्टरनेसनलको कार्ड लेस क्यास विथड्रल सेवा शुरु

काठमाडौं ।

सिटिजन्स बैंक इन्टरनेसनलले आफ्ना ग्राहकहरुको लागि कार्ड लेस क्यास विथड्रल सेवाको सुरुवात गरेको छ। यो सुविधा मार्फत सिटिजन्स बैंकका मोबाइल बैंकिङ्ग सुविधा लिएका ग्राहकहरुले बिना कार्ड एटिएमबाट पैसा निकाल्न सक्नेछन् ।

यस प्रविधीमा मोबाइलमा पासवर्ड प्राप्त गरि सो पासवर्ड, निकाल्न खोजिएको रकम र मोबाइल नम्बर एटिएम मेसिनमा प्रविष्टि गरि पैसा निकाल्न सकिने छ। यो प्रविधी सरल एवं सहज हुनुका साथै आफूसँग कार्ड नभएको अवस्थामा समेत एटिएमबाट पैसा निकाल्न सकिने छ।

शुक्रबार उक्त सेवाको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बिना कार्ड एटिएमबाट पैसा निकाल्ने प्रबिधि डिजिटल बैंकिङ्गको क्षेत्रमा एउटा महत्वपूर्ण कोसेढुङ्गा भएको बताएका छन्।

उनले अब प्रत्येक ग्राहकले आफ्नो मोबाइलबाटै सम्पूर्ण बैंकिङ्ग कारोबार गर्ने समय आएको र सिटिजन्स बैंक पनि यस दिशातर्फ अग्रसर भईसकेको बताए।

बैंकले यस अघि मोबाइलबाटै खाताको विवरण हेर्ने, विभिन्न उपयोगी सेवको भुक्तानी गर्ने, रकमान्तर गर्ने लगायत नयाँ कार्ड तथा पिन अनुरोध गर्ने, मुद्दति खाता खोल्ने, कर्जा अनुरोध गर्ने, अनलाइन खाता खोल्ने, केवाईसी गर्ने जस्ता सुविधा प्रदान गर्दै आइरहेको छ।

सिटिजन्स बैंकले १७४ वटा शाखाहरुबाट करिब १३ लाख ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग सेवा दिंदै आएको छ। बैंकले निकट भविष्यमा काठमाडौं उपत्यकामा ६ वटा शाखा विस्तार गर्दै छ।

प्रकाशित: २३ पुष २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार