गुगलले २०२२ मा स्मार्ट डिभाइसहरुका लागि नयाँ कनेक्टिभिटी फिचर ल्याउने

  • Technology Khabar | २३ पुष २०७८, शुक्रबार
गुगलले २०२२ मा स्मार्ट डिभाइसहरुका लागि नयाँ कनेक्टिभिटी फिचर ल्याउने

काठमाडौं ।

अल्फाबेट इंकको गुगलले यो वर्ष स्मार्ट डिभाइसहरुका लागि नयाँ कनेक्टिभिटी फिचर ल्याउने भएको छ।

हालै अमेरिकामा जारी सीईएस २०२२ मा कम्पनीले आफूले ल्याउँदै गरेको एन्ड्रोइड फोन, क्रोमबुक, एन्ड्रोइड टीभी तथा वेयरओएस स्मार्टवाच सबैलाई एक आपसमा जोड्न सहज बनाउने कनेक्टिभिटी फिचरका बारेमा जानकारी दिएको हो।

गुगलले ब्लूटूथ हेडफोनका लागि फास्ट पेयर फिचरबाट शुरु गर्ने बताइएको छ। यो फिचरले क्रोमबुक वा एन्ड्रोइड फोनमा नयाँ क्रोमबुक सेट अप गर्न आवश्यक जानकारी र वाइ फाइ पासवर्ड समेत उपलब्ध गराउँछ।

यो फिचर केही हप्तामै उपलब्ध हुन सक्ने अपेक्षा गरिएको छ।

एन्ड्रोइड फोन प्रयोग गरेर क्रोमबुक अनलक गर्ने फिचर पनि अर्को आकर्षण हो भने गुगलले यसलाई वेयरओएस स्मार्टवाचमा पनि इनेबल गर्ने योजना बनाएको छ।

प्रकाशित: २३ पुष २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार