सूर्या लाइफ इन्स्योरेन्सको मोबाइल एप सार्वजनिक

  • Technology Khabar | २३ पुष २०७८, शुक्रबार
सूर्या लाइफ इन्स्योरेन्सको मोबाइल एप सार्वजनिक

काठमाडौं ।

सूर्या लाइफ इन्स्योरेन्सले मोबाइल एप सार्वजनिक गरेको छ। कम्पनीले आफ्नो १३औं वार्षिक साधारण सभाको अवसरमा एप सार्वजनिक गरेको हो।

कम्पनीले बिमित तथा अभिकर्तालाई आफ्नोपन महशुस हुने गरी थप सेवा-सुविधा प्रदान गर्ने उद्देश्यले एप सार्वजनिक गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले बताए।

उनका अनुसार एपको प्रयोगमा बीमा योजनाहरू समेत खरिद गर्न सकिन्छ। त्यस्तै, यसमार्फत अभिकर्ताले आफ्नो र आफ्नो मातहतमा भएका अन्य अभिकर्ताहरूले गरेको व्यवसाय तथा बीमा योजना र बीमा शूल्क गणनासम्बन्धी जानकारी लिन सक्नेछन्।

यो मोबाइल एप एन्ड्रोइड र आइओएस प्रयोगकर्ताहरूले सहजै प्लेस्टोर अथवा एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ।

एप मार्फत कम्पनी तथा कम्पनीका बीमा योजनाहरु र बीमा शूल्कको सम्बन्धमा जानकारी प्राप्त गर्न सकिने, अभिकर्ताले आफ्नो र आफ्नो मातहतमा रहेका अन्य अभिकर्ताहरुले गरेको ब्यवसाय तथा बीमा योजना र बीमा शूल्क गणना सम्बन्धी जानकारी प्राप्त गर्न सकिने सुविधा एपमा रहेको कम्पनीले जनाएको छ। बीमितले एप मार्फत बीमा शूल्क भुक्तानी गर्न, बीमालेख तथा बीमा शूल्क भुक्तानीको विवरण प्राप्त गर्न सक्नेछन्।

प्रकाशित: २३ पुष २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार