ईयूको नियामकद्वारा माइक्रोसफ्ट-नुआन्स सम्झाैतामा उपभोक्ताहरुको विचार माग

  • Technology Khabar | २३ पुष २०७८, शुक्रबार
ईयूको नियामकद्वारा माइक्रोसफ्ट-नुआन्स सम्झाैतामा उपभोक्ताहरुको विचार माग

काठमाडौं ।

यूरोपियन यूनियनको नियामकले १६ अर्बको माइक्रोसफ्ट-नुआन्स सम्झोतामा उपभोक्ताहरुको विचार जान्न खोजेको छ।

नियामकले हालै १६ अर्ब डलरमा माइक्रोसफ्टले नुआन्सको स्वामित्व ग्रहण गर्ने सम्झाैताका बारेमा प्रश्नावली बनाएर उपभोक्ता तथा प्रतिस्पर्धीहरुबाट चिन्ता तथा गुनासाहरु संकलन गरिरहेको रोयटर्सले जनाएको छ।

उक्त मामिलासँग जानकार एक व्यक्तिका अनुसार यसअघि बाहिर नआएको यो तथ्य गत अप्रिल यी दुई कम्पनीले सम्झाैता गरेपछि नियामकले छानबिन गरेको सबैभन्दा लम्बिएको मुद्दा हो।

रोयटर्सका अनुसार यसबारेमा थप बुझ्न खोज्दा माइक्रोसफ्ट तथा नुआन्सले कुनै प्रतिक्रिया दिन मानेका छैनन्।

थोरै समीक्षापछि अमेरिकी न्याय विभागले गत जुनमा तथा अस्ट्रेलियन कम्पिटिशन कमिशनले अक्टोबरमा यस सम्झाैताका बारेमा धेरै छानबिन नगर्ने बताएका थिए।

दुवै कम्पनीले अघिल्लो महिना यूरोपियन कमिशनको प्रतिस्पर्धा ब्यूरोमा अनुमोदनका लागि आवेदन दिएका र नियामकले यही डिसेम्बर २१ सम्ममा सम्झोता रद्द गर्न वा अझ अर्को अनुसन्धान थाल्न समयसीमा पाएको थियो।

प्रकाशित: २३ पुष २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार