
काठमाडौं ।
जीएमले हालै सार्वजनिक गरेको सेभ्रोले सिल्भराडो ईभी १२ मिनेटमै सोल्ड आउट भएको छ।
कम्पनीले हालै सीईएस २०२२ मा सार्वजनिक गरेको उक्त विद्युतीय ट्रक आरएसटी फर्स्ट एडिशनको मूल्य १ लाख ५ हजार डलर रहेको बताइएको छ।
जीएमका सीईओ मेरी बार्राले पहिलो संस्करणका सबै विद्युतीय ट्रक १२ मिनेटभित्रमा बिक्री भएका बताएका हुन्।
बार्राले ब्लूमबर्गलाई बताए अनुसार यो ट्रकको वर्क भेरियन्ट आगामी सन् २०२३ को वसन्त ऋतुमा उपलब्ध हुनेछ। जीएमले आरएसटी फर्स्ट एडिशनको डेलिभरी पनि त्यसै वर्षको शरद ऋतुदेखि गर्ने योजना बनाएको छ।
तर यसै लाइनअपको रेगुदर आरएसटी ३९ हजार ९०० डलरमा आउने भए पनि यो उपलब्ध हुन छिटोमा २०२४ को गृष्म ऋतु कुर्नुपर्नेछ।
प्रि अर्डरका लागि कति ओटा आरएसटी फर्स्ट एडिशन उपलब्ध थिए भन्ने खुलाइएको छैन। तर मानिसहरुमा विद्युतीय सवारीप्रतिको चाख बढिरहेका बेला यति छिट्टै सबै गाडीहरु १२ मिनेटमा प्रि-अर्डर हुनु आश्चर्यको कुरा भने होइन।
केही समय अघि फोर्डले माग धान्न नसकेर आफ्नो एफ-१५० लाइटनिङ गाडीको रिजर्भेसन बन्द गर्नुपरेको थियो।
प्रकाशित: २३ पुष २०७८, शुक्रबार