
काठमाडौं ।
छोटो समयमा लोकप्रिय हुन सफल अडियो वन्ली एप क्लबहाउसले अब वेब लिस्निङ फिचरलाई सपोर्ट गर्ने भएको छ।
गत वर्ष सार्वजनिक भए देखि नै कुनै पनि कुराकानीमा जोडिनका लागि एप नै खोल्नुपर्ने प्रावधान थियो।
तर अबको अपडेटपछि भने त्यो स्थिति नरहने भएको छ।
बिहीबारदेखि लागू हुनेगरी आएको यो फिचर हाल अमेरिकाका यूजरहरुले वेब ब्राउजरका मार्फत् रिप्ले तथा लाइभरुममा भएका कुराकानी सुन्न सक्नेछन्।
यसका लागि क्लबहाउसमा लग इन गरिराख्नु पर्दैन।
क्लबहाउसले यो फिचर परीक्षणका रुपमा रहेकोले यसमा बग अर्थात् समस्याहरु हुनसक्ने जनाएको छ। तर कम्पनीले यो फिचर राम्रो रहेको पाइएमा अन्य देशहरुमा पनि विस्तार गर्ने बताएको छ।
यसबाहेक कम्पनीले आफ्नो शेयर शीट पनि अपडेट गरेको छ। यस अन्तर्गत गेस्ट रुममा इन्टरफेसको तलपट्टि रहेको हुँदा शेयर बटन थिचेर क्लबहाउसको सेसनमा वा सोसल नेटवर्क र मेसेजिङ एपमा लिंक शेयर गर्न सकिनेछ।
प्रकाशित: २३ पुष २०७८, शुक्रबार