कूकी व्यवस्थापन सम्बन्धमा गुगलमाथि फ्रान्समा १५ करोड यूरो जरिबाना

  • Technology Khabar | २३ पुष २०७८, शुक्रबार

काठमाडौं ।

फ्रान्सको डाटा गोपनीयता निगरानी संस्था सीएनआईएलले मंगलबार गुगललाई कीर्तिमानी १५ करोड यूरो जरिबाना गरेको छ।

संस्थाले यूजरहरुलाई अनलाइन ट्र्याकरका रुपमा चिनिने कूकी अस्विकार गर्न असहज बनाएको आरोपमा उक्त रकम जरिबाना गरेको रोयटर्सले जनाएको छ।

मेटा प्लेटफर्मको फेसबुकलाई पनि उक्त संस्थाले त्यही विषयमा ६ करोड यूरो जरिबाना गरिसकेको छ।

‘सीएनआइएलले फेसबुक डटकम, गुगल डट एफआर तथा यूट्युब डटकमजस्ता वेबसाइटहरुले यूजरलाई कूकिजहरु अस्विकार गर्न नदिने र जसरी भए पनि स्विकार गर्नैपर्ने बाध्यता सिर्जना गर्ने गरेको पाएको छ’, निगरानी संस्थाले गुगलको भिडियो स्ट्रिमिङ प्लेटफर्मलाई उद्धृत गर्दै विज्ञप्तिमा उल्लेख गरेको छ।

संस्थाले यी दुई कम्पनीलाई नियम लागू गर्न ३ महिनाको समय दिइएको र समयसीमाभित्र कार्यान्वयन नभए प्रतिदिन १ लाख यूरोका दरले जरिबाना बढ्ने चेतावनी दिएको छ।

यी नियममा गुगल र फेसबुकले फ्रान्सका इन्टरनेट सेवा उपभोक्तालाई कूकीहरु अस्विकार गर्न सहज टूल उपलब्ध गराउनुपर्ने रहेका छन्।

प्रकाशित: २३ पुष २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया