भोडाफोन तथा ईईद्वारा यूरोपियन यूनियनमा रोमिङ चार्ज पुन: लागू गर्नमा ढिलाइ

  • Technology Khabar | २३ पुष २०७८, शुक्रबार

काठमाडौं ।

भोडाफोनले यूरोपमा रोमिङ चार्ज पुन: लागू गर्न तीन हप्ता ढिलाइ गर्ने भएको छ।

उक्त फोन नेटवर्कले ब्रेक्जिट पछिको रोमिङ शुल्क जनवरी ६ देखि शुरु गर्ने योजना बनाएको थियो तर परिक्षणका लागि थप समय चाहिने भएकाले यो सेवा जनवरीको अन्त्यमा शुरु गर्ने बताएको हो।

यसैगरी अर्को दूरसञ्चार सेवा प्रदायक ईईले पनि रोमिङ शुल्क पुन: लागू गर्न ढिलाइ गरेको छ। जनवरीमै शुरु हुने भनिएको ईईको उक्त सेवा आगामी मार्चसम्मका लागि सारिएको हो।

बेलायत यूरोपियन यूनियनबाट अलग हुनुअघि यूजरहरुले आफ्ना कल, मेसेज तथा डाटा यूरोपियन यूनियनका कुनै पनि देशमा चलाउन सक्दथे। तर सन् २०२० डिसेम्बरमा भएको ईयूको व्यापार सम्झाैताले मोबाइल सेवा प्रदायकहरुलाई रोमिङ शुल्क पुन: लागू गर्नसक्ने भएका हुन्।

थ्री नेटवर्कले पनि मे २०२२ सम्ममा बेलायत र यूरोपबीच रोमिङ शुल्क लागू गर्ने योजना बनाएको बीबीसीले जनाएको छ।

यसको मतलब ओ२ बाहेक सबै मुख्य नेटवर्कले रोमिङ शुल्क लागू गर्ने योजना बनाएका छन्। ओ२ ले भने हालसम्म यसका बारेमा केही बताएको छैन।

यसै सन्दर्भमा यो सेवामा ढिलाइका बारेमा भने भोडाफोनले नयाँ प्रणाली ल्याउन तयार नभइसकेकाले यस्तो भएको बताएको छ।

प्रकाशित: २३ पुष २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया