मेगा बैंक र मोको वालेटबीच साझेदारी, मेगाका ग्राहकलाई अनलाइन भुक्तानी झन सहज

  • Technology Khabar | २२ पुष २०७८, बिहीबार
मेगा बैंक र मोको वालेटबीच साझेदारी, मेगाका ग्राहकलाई अनलाइन भुक्तानी झन सहज

काठमाडौं ।

मेगा बैंक नेपालले डिजिटल बैंकिङ्ग सुविधालाई अझ सुदृढ एवम् परिस्कृत गर्ने उद्देश्यले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको कार्डको लागि साझा केन्द्रको रूपमा कार्य गर्ने मोको डिजिटल वालेटसंग सहकार्य गरेको छ ।

यो साझेदारी सँगै मेगा बैंकका खातावालहरूले अब सिधै आफ्नो डेबिट वाक्रेडिट कार्डहरूमोको डिजिटल वालेटमा बिना कुनै मौज्दात बिनाकुनै शुल्क सहजरुपमा लोड गरी मोको डिजिटल वालेट प्रयोग गर्न सक्ने छन् ।

मोको डिजिटल वालेट मार्फत प्रयोगकर्ताहरूले आफ्नो वालेटमा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुको कार्ड सहज रुपमा लोड गरी क्यूआर कोड स्क्यान गरी सहजै रकमको भुक्तानी तथा रकमान्तर गर्न सक्नेछन ।

यस सुविधामार्फत ग्राहकहरुले हरेक कारोवारको लागि पटक–पटक ब्यालेन्स लोड गर्नु नपर्ने हुँदा ग्राहकहरुलाई रकमको भुक्तानी तथा रकमान्तर गर्न अझ सहज हुने विश्वास लिएको मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताइन् ।

मोको सुविधा तथा सुरक्षालाई ध्यानमा राखेर निर्माण गरिएको पूर्ण रूपले फरक प्रकारको वालेट हो । यो एपले पेमेन्ट कार्ड इन्डिस्ट्रि डाटा सेक्युरिटी स्टयाण्डर्डको नवीनतम प्रोटोकलको समेत पालना गरेको हुँदा यो एप सुरक्षित ब्याक एण्ड प्रणाली भएको मेगा बैंकका डिजिटल तथा ई–बैकिङ्ग प्रमुख विश्व सिंहले जानकारी दिए।

सिंहका अनुसार, मोको डिजिटल वालेट प्रयोगकर्ताहरूले युनिफिल्ड क्यसआर पेमेन्टको समेत लाभ लिन सक्नेछन्। यस सुविधामार्फत मोको डिजिटल वालेट प्रयोगकर्ताहरू र मेगा बैंकका कार्ड प्रयोगकर्ताहरूले अलिपे, नेपल पे, युनियन पे, भिसा जस्ता विभिन्न डिजिटल प्लेटफर्महरू मार्फत स्क्यान एण्ड पे प्रक्रियाको सहायताले रकमको भुक्तानी गर्न सक्नेछन् ।

मोको प्रयोगकर्ताहरूले प्रत्येक कारोवारको लागि रिवार्ड पोइन्ट हरू प्राप्त गर्नेछन् भने संकलन भएको रिवार्ड पोइन्ट हरू पछि मोकोको सहयोगीहरू र साझेदारहरूमार्फत आकर्षक उपहार तथा भौचरहरु रिडिम गर्न समेत प्रयोग गर्न सकिने जनाएको छ।

प्रकाशित: २२ पुष २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...