
काठमाडौं ।
असुसले अमेरिकामा जारी सीईएस २०२२ इभेन्टमा १७ इन्चको ओएलईडी ट्याब्लेट सार्वजनिक गरेको छ।
जेनबुक १७ फोल्ड नाम गरेको उक्त फोल्डेबल फुल स्क्रीन ओएलईडी ट्याब्लेट कम्पनीले २०१८ मा घोषणा गरेको डुअल स्क्रीन प्रोजेक्ट प्रिकग कन्सेप्टकै उद्विकास भएको बुझिएको छ।
यो डिभाइस ब्लूटूथ किबोर्ड र टचप्याडसहित ल्याइएको छ। स्क्रीन आशिक रुपमा फोल्ड गरेर किबोर्डलाई तल्लो भागमा राखेपछि यसलाई १२.५ इन्चको फुल एचडी रेजोल्युशनयुक्त ल्यापटपका रुपमा प्रयोग गर्न सकिन्छ।
पूर्ण रुपमा खोलेपछि यो डिभाइसको डिस्प्ले ४:३ आस्पेक्ट रेशियोसहितको १७.३ इन्च हुन आउँछ। यसको रेजोल्युशन २५६०x१९२० पिक्सेल रहेको छ भने ९० हर्ज रिफ्रेश रेटयुक्त छ।
यसमा ७५ वाट आवर क्षमताको ब्याट्री दिइएको छ भने वाइ फाइ ६ई, ब्लूटूथ ५.२, डल्बी एट्मस क्वाड स्पीकर सिस्टम तथा १ टीबी स्टोरेज दिइएको छ।
अत्याधुनिक इन्टेल सीपीयूका साथमा १६ जीबीको एलपीडीडीआर५ र्याम राखिएको यो डिभाइसमा थन्डरबोल्ट ४ यूएसबी-सी पोर्ट राखिएको छ।
प्रकाशित: २२ पुष २०७८, बिहीबार