संस्कृत विश्वविद्यालयमा ‘इन्जिनियरिङ’ पढाइने

  • Technology Khabar | २२ पुष २०७८, बिहीबार
संस्कृत विश्वविद्यालयमा ‘इन्जिनियरिङ’ पढाइने
सांकेतिक तस्बिर

काठमाडौं ।

नेपाल संस्कृत विश्वविद्यालयले स्थापत्यशास्त्र (इन्जिनियरिङ)को पढाइका लागि प्रक्रिया अघि बढाएको छ।

२०६८ सालदेखि आयुर्वेद स्नातक तह (बीएएमएस) पढाउँदै आएको विश्वविद्यालयले २०७९ सालदेखि स्थापत्यशास्त्र अध्यापनका लागि स्थापत्यशास्त्र अध्ययन संस्थानमा डीन नियुक्त गरेको छ।

आधुनिक र प्राचीन विषय पढाउँदै आएको विश्वविद्यालयले पछिल्लो पटक संस्कृत तर्फका प्राविधिक धारका विषयसमेत अध्यापन गराउन थालेको हो ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछानेकाअनुसार स्थापत्यशास्त्र अध्यापनका लागि यो वर्ष इन्जिनियरिङ काउन्सिलको मापदण्ड बमोजिम भौतिक संरचना र जनशक्तिको तयारीमा लाग्ने बताए।

उनले वास्तु इन्जिनियरिङतर्फको पढाइ आगामी वर्षदेखि नै सुरु गर्ने तयारी भइरहेकोे बताए। मध्यपश्चिम विश्वविद्यालयकामा पाँच वर्ष डीन भएका वीरेन्द्र खड्कालाई स्थापत्य अध्ययन संस्थान डीनमा नियुक्त गरिएको हो ।

नवनियुक्त डीन वीरेन्द्र खड्काले नेपाल इन्जिनिरिङ काउन्सिलको स्वीकृत पाएलगत्तै परीक्षणका रूपमा आगामी शैक्षिक सत्रदेखि नै कक्षा सञ्चालन गरिने बताए। उनले संरचना, ल्याब, जनशक्ति काउन्सिलकै मापदण्ड बमोजिम तयार गरिनेसमेत बताए। डीन खड्काका अनुसार विज्ञान विषयमा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीले स्थापत्यशास्त्र अध्ययन गर्न पाउनेछन्। – गोरखापत्रबाट

प्रकाशित: २२ पुष २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार