प्राधिकरणद्वारा इन्फर्मेसन सिस्टम र क्लाउड सेक्यूरिटी अडिटर संस्थाको परिमार्जित सूची सार्वजनिक

  • Technology Khabar | २१ पुष २०७८, बुधबार

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ का लागि इन्फर्मेसन सिस्टम अडिट र क्लाउड सुरक्षा अडिट गर्न अडिटरहरुको रोस्टरमा केही परिमार्जन गरेको छ।

दूरसञ्चार क्षेत्रको नियामक निकाय प्राधिकरणले गत कार्तिकमा साइबर सेक्यूरिटी अडिटर कम्पनीहरुलाई रोस्टरमा दर्ता हुनको लागि आह्वान गरेकोमा आवेदकहरुमध्येबाट योग्यता पुगेका हरुलाई रोस्टरमा समावेश गरेको थियो।

त्यतिबेला यो रोस्टरमा नेपाली तथा विदेशी गरी ४ ओटा कम्पनीहरु छनाैटमा परेका थिए।

साइबर सुरक्षा विनियमावली २०७७ अन्तरगत गरिने सेक्यूरिटी अडिटका लागि प्राधिकरणको सो रोस्टरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै कम्पनीले आवश्यक योग्यता पुरा गरेर सहभागी हुनसक्ने प्रावधान रहेकोमा दुवै खाले कम्पनी सूचीमा अटाएका हुन् ।

हाल आएर भने उक्त सूचीलाई परिमार्जन गरी प्राधिकरणले नयाँ रोस्टर निकालेको हो।

नयाँ रोस्टर अनुसार न्फर्मेसन सिस्टम अडिट र क्लाउड सुरक्षा अडिट गर्न अडिटरहरु संस्थाको सङ्ख्या ४ बाट बढेर ६ पुगेका छन् भने पुराना अडिटर संस्थाहरु यथावत नै कायम छन्। यसबाहेक २-२ ओटा कम्पनीहरु थप भएका छन्।

साइबर सुरक्षा उपनियम २०२० को धारा ५५ र ५७ ४ आर्थिक वर्ष २०७८/७९ का लागि अन्तर्गत छानिएका अडिटरहरुको परिमार्जित सूची यसप्रकार छ:

इन्फर्मेसन सिस्टम अडिटर

 

क्र. सं.परामर्शदाता संस्थाको नामठेगाना
ग्रीन टिक नेपाल प्रा लीमहालक्ष्मी कम्प्लेक्स, मीनभवन काठमाडाैं, नेपाल
टीयूभी एसयूडी साउथ एसिया प्रा लीमुगल हाउस, अफ शाकी विहार रोड, शाकी नाका, अन्धेरी इस्ट, मुम्बइ, भारत
केपीएमजी अस्योरेन्स एन्ड कन्सल्टिङ सर्भिसेज एलएलपीएम्बेसी गल्फ लिंक्स, बिजनेस पार्क, बेंगलुरु भारत
एमिनेन्स वेज प्रा लीसेतोपुल, काठमाडाैं, नेपाल

थपिएका

बी .के अग्रवाल एन्ड कंसिफल – ७ काठमाडाैं, नेपाल
अर्नेस्ट एन्ड यङ एलएलपी जेभी इन्टेलिसफ्ट नेपाल प्रा लि.कोलकाता भारत

कमलादी काठमाडाैं नेपाल

 

क्लाउड अडिटर

 

क्र. सं.परामर्शदाता संस्थाको नामठेगाना
ग्रीन टिक नेपाल प्रा लीमहालक्ष्मी कम्प्लेक्स, मीनभवन काठमाडाैं, नेपाल
टीयूभी एसयूडी साउथ एसिया प्रा लीमुगल हाउस, अफ शाकी विहार रोड, शाकी नाका, अन्धेरी इस्ट मुम्बइ भारत
केपीएमजी अस्योरेन्स एन्ड कन्सल्टिङ सर्भिसेज एलएलपीएम्बेसी गल्फ लिंक्स, बिजनेस पार्क बेंगलुरु भारत
एमिनेन्स वेज प्रा लीसेतोपुल, काठमाडाैं, नेपाल

थपिएका

बी .के अग्रवाल एन्ड कंसिफल – ७ काठमाडाैं, नेपाल
अर्नेस्ट एन्ड यङ एलएलपी जेभी इन्टेलिसफ्ट नेपाल प्रा लि.कोलकाता भारत

कमलादी काठमाडाैं नेपाल

प्रकाशित: २१ पुष २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...