फेसबुक आइडी ह्याक गरी रकम असुल्ने व्यक्ति पक्राउ

  • Technology Khabar | २१ पुष २०७८, बुधबार
फेसबुक आइडी ह्याक गरी रकम असुल्ने व्यक्ति पक्राउ

काठमाडौं ।

विभिन्न व्यक्तिहरुको फेसबुक आइडी ह्याक गरेर रकम असुल्ने एक जना पक्राउ परेका छन्।

नक्कली आइडी बनाएर विभिन्न बहाना गर्दै रकम माग्ने किरण पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पाठकले सामान्यदेखि उच्च पदस्थ व्यक्तिहरुको फेसबुक आइडी ह्याक गरेर रकम मागेको प्रहरीले जनाएको छ।

उनले आफ्नो फेसबुक आइडी भने नक्कली बनाएर आफूलाई अत्यावश्यक समस्या परेको वहाना गदै विभिन्न खातामा पैंसा पठाउन लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

१८ वर्षीय पाठक मोरङको पथरी शनिश्चरे नगरपालिका– १० मंगलबारेका स्थायी बासिन्दा हुन्।

हाल भक्तपुरको गठ्ठाघर बस्ने पाठकलाई सोमबार साँझ नियन्त्रणमा लिएर थप कारबाही प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ।

प्रकाशित: २१ पुष २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...