
काठमाडौं ।
इन्टेलले १२औं जेनेरेशनको अल्डर लेक ल्यापटप तथा सीपीयूको लाइनअप सार्वजनिक गरेको छ। यो सिरिजमा हाइ-इन्ड ४५ वाट एच सिरिज मोडल गेमिङ तथा क्रियटर ल्यापटपका रुपमा उपलब्ध हुने बुझिएको छ।
यसैगरी मूलधारका पातला तथा हलुका २८ वाट पी सिरिज तथा १५ वाटको यू सिरिजका डिभाइस यसै वर्ष सार्वजनिक हुनेछन्। यो नयाँ लाइनअपमा इन्टेलको हाइब्रिड आर्किटेक्चरका साथमा ल्यापटपका लागि असमान कोरहरु समावेश गरिएको छ।
कोर आई९-१२९००एचके नामको नयाँ फ्ल्यागशिप सीपीयू हालसम्म बनेकामध्ये सबैभन्दा फास्ट मोबाइल प्रोसेसर तथा विश्वकै सबभन्दा उत्कृष्ट मोबाइल गेमिङ प्लेटफर्म भएको कम्पनीले जनाएको छ।
सीईएस २०२२ मा घोषणा भएको कोर आई९-१२९००एचके प्रोसेसरमा ६पी कोर तथा हाइपर थ्रेडिङ र ८ ओटा ई कोर रहेका छन्। यी कोरहरुका पी कोरको अर्थ पर्फर्मेन्स तथा ई को अर्थ इफिसियन्सी अर्थात् क्षमता हुन आउँछ।
यो फ्ल्यागशिप सीपीयूको सूचीमा कोर आई९-१२९००एच, कोर आई७-१२८००एच तथा कोर आई७-१२७००एच पनि रहेका छन्।
प्रकाशित: २१ पुष २०७८, बुधबार