
काठमाडौं ।
जापानको सोनी ग्रुप कर्पले अर्को पुस्ताको गतिशीलतामा ठूलो भूमिका खेल्न मनोरञ्जन र सेन्सरमा आफ्नो शक्तिको उपयोग गर्न खोज्दै, विद्युतीय सवारीको बजारमा प्रवेश गर्न एउटा कम्पनी सुरु गर्ने योजना बनाएको छ।
सीईएस २०२२ मा सोनीको मुख्य प्रस्तुतिको क्रममा, कम्पनीले गत वर्ष हामीले देखेको भिजन एस ईभी (Vision-S EV) अन्तरगत भिजन-एस ०२ लाई नयाँ अवधारणाको साथमा रोल आउट गरेको छ।
तर यस पटकको ठूलो आश्चर्य भनेको सोनी मोबिलिटी इंकको सुरुवात हो।
सोनीको नयाँ कम्पनी विद्युतीय कारमा केन्द्रित हुने भएको छ। एप्पलले गाडी उत्पादन गर्न सक्छ कि गर्दैन भन्ने कुरामा प्राविधिक उद्योग धेरै वर्षदेखि केन्द्रित छ, तर सोनीले हामीलाई पहिले नै यसको प्रविधिले भरिएको काम गर्ने प्रोटोटाइप देखाएको छ र अब यो एक कदम अगाडि बढिरहेको छ।
‘सोनी मोबिलिटी इंक जापानी टेक दिग्गजले विद्युतीय सवारीको “व्यावसायिक प्रक्षेपणको खोजी” गरिरहेको बेला आएको हो,’ सोनीका प्रेसिडेन्ट, चेयरम्यान तथा सिईओ केनिचिरो योशिदाले संयुक्त राज्य अमेरिकामा सीईएस टेक्नोलोजी व्यापार मेला अगाडि एक पत्रकार सम्मेलनमा भने।
सोनीले युट्युबमा भिजन एस प्रोटोटाइप ईभीको सुविधा सहित धेरै डेमो भिडियोहरू पोस्ट गरेको छ। यी कारहरूको एक हिस्सा हुन सक्ने तस्विरले पूर्ण जीवनशैलीको संकेत दिन्छ। अन्य विषयमा प्रयोगकर्ता इन्टरफेसको डिजाइन देखाएको छ भने टोकियो र जर्मनीलाई वास्तविक समयमा जोड्ने फाइभजी कनेक्सन मार्फत रिमोट ड्राइभिङको परीक्षण सुविधा दिन्छ।
यसले अटोनोमस, विद्युतीय भविष्यको लागि एक दृष्टिकोण राख्छ जुन यसले पछ्याउँदैछ। “हामी सोनीको ईभीको व्यावसायिक सुरुवातको खोजी गरिरहेका छौं,” कम्पनीका प्रेसिडेन्ट, चेयरम्यान तथा सिईओ योशिदाले भने।
कम्पनीले देखाएको नयाँ कन्सेप्ट इलेक्ट्रिक कार भिजन-एस०२ यसअघि घोषणा गरेको भिजन-एस ०१ कूपको रूपमा उही इलेक्ट्रिक भेहिकल प्लेटफर्म प्रयोग गर्दछ जुन डिसेम्बर २०२० बाट युरोपमा सार्वजनिक सडकहरूमा परीक्षण सुरु भएको छ।
प्रकाशित: २१ पुष २०७८, बुधबार