राष्ट्रिय बाणिज्य बैंकको मोबाइल बैंकिङ्गबाट ‘खल्ती डिजिटल वालेट’ मा पैसा राख्न सकिने

  • Technology Khabar | २१ पुष २०७८, बुधबार
राष्ट्रिय बाणिज्य बैंकको मोबाइल बैंकिङ्गबाट ‘खल्ती डिजिटल वालेट’ मा पैसा राख्न सकिने

काठमाडौं ।

नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले राष्ट्रिय वाणिज्य बैंकसँग सम्झौता गरेको छ। यस सम्झौताले राष्ट्रिय वाणिज्य बैंकका प्रयोगकर्ताहरूलाई मोबाइल बैंकिङ एप मार्फत् खल्तीमा पैसामा राख्न गर्न सम्भव बनाएको छ।

यो साझेदारीसँगै राष्ट्रिय वाणिज्य बैंकका ग्राहकहरूले अब खल्ती वालेटमा बिना झन्झट ‘खल्ती’ वालेट मा पैसा राखी सबै प्रकारको भुक्तानी गर्नसक्ने भएका छन् ।

उक्त सम्झौता बारे खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “राष्ट्रिय वाणिज्य बैंकसँगको साझेदारीले निश्चित रूपमा बैंक र खल्तीका लाखौं ग्राहकहरूले भुक्तानी, वित्तीय सेवाहरू र गतिशीलताको आनन्द लिन सक्नेछन् र हामी यस साझेदारी साँच्चै उत्साहित छौं।यो पार्टनरसिपले समस्त बैंक तथा वालेटको ग्राहकवर्गमा सरल र सहज भुक्तानीको सेवा दिई डिजिटल नेपालका लागि अर्को एउटा कोसेढुंगा सावित हुनेछ भन्ने विश्वास हामीले लिएका छौँ ।”

प्रकाशित: २१ पुष २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...