स्याटेलाइट इन्टरनेट बुकिङ्ग गरेका भारतीय ग्राहकको रकम फिर्ता गर्दै स्टारलिंक

  • Technology Khabar | २१ पुष २०७८, बुधबार
स्याटेलाइट इन्टरनेट बुकिङ्ग गरेका भारतीय ग्राहकको रकम फिर्ता गर्दै स्टारलिंक

काठमाडौं ।

इलन मस्कको कम्पनी स्टारलिंकको स्याटेलाइट इन्टरनेट सेवा भारतमा सुरु हुने प्रतीक्षामा रहेका मानिसहरूलाई झट्का लागेको छ। स्टारलिङ्कले प्रि-अर्डरका लागि मानिसहरूबाट लिएको रकम फिर्ता गरिरहेको छ।

स्टारलिङ्कले पैसा फिर्ता गर्न प्रयोगकर्तालाई इमेल पनि पठाउन थालेको छ। स्पेसएक्सको स्याटेलाइट इन्टरनेट डिभिजन स्टारलिङ्कले भारतीय दूरसञ्चार विभागले त्यसो गर्न निर्देशन दिएको बताएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

यसअघि नै कम्पनीलाई भारतमा इन्टरनेट सेवाको लागि इजाजतपत्र प्राप्त नभएसम्म पूर्व-अर्डर फिर्ता गर्न विभागले भनेको थियो। स्टारलिंकले भारतको १० ग्रामीण लोकसभा निर्वाचन क्षेत्रहरूमा आफ्नो सेवाहरू सुरु गर्न काम गरिरहेको बताएको छ। भारतलाई यसको प्रमुख बजारको रुपमा मानिन्छ।

कम्पनीले आफ्ना भारतीय ग्राहकहरूलाई इमेल पठाउन थालेको छ। उनलाई दूरसञ्चार विभागले लाइसेन्स नपाएसम्म प्रि-अर्डर फिर्ता गर्न निर्देशन दिएको बताइएको छ।

इमेलमा प्रि-अर्डर फिर्ता गर्नुको कारणबारे स्टारलिंकले दिएको जानकारीअनुसार भारतमा सेवा सुरु गर्न इजाजतपत्र प्राप्त गर्ने टाइमलाइन अझै स्पष्ट छैन। भारतमा स्टारलिंकको सेवा सञ्चालनसँग सम्बन्धित धेरै समस्याहरू भएको बताईएको छ।

डिसेम्बरको सुरुमा, स्टारलिंकका भारतीय निर्देशक, सञ्जय भार्गवले कम्पनीले ३१ जनवरी वा त्यो भन्दा पहिले नै व्यावसायिक इजाजतपत्रको लागि आवेदन गर्न खोजिरहेको बताएका थिए। उनले सन् २०२२ को डिसेम्बरसम्ममा भारतमा २ लाख स्टारलिङ्क उपकरण जडान गर्ने कम्पनीको लक्ष्य रहेको बताए। उनले अप्रिलसम्म सेवाहरू रोलआउट गर्ने आशा गरेका थिए।

स्टारलिंकले भारतमा मात्रै ५ हजार भन्दा बढी प्रि-अर्डरहरू प्राप्त गरेको भनिएको छ, तर कम्पनीले नियामक स्वीकृतिहरू बाँकी रहेका कारण प्रि-अर्डरहरू लिन बन्द गरेको छ।

स्टारलिंकले नोभेम्बरमा भारतमा आफ्नो व्यापार दर्ता गरेको थियो। भारतमा सेवा शुरु गर्नका लागि ‘स्टारलिङ्क स्याटेलाइट कम्युनिकेसन्स प्राइभेट लिमिटेड’ नामको कम्पनीले दूरसञ्चार विभागबाट इजाजतपत्र प्राप्त गर्नुपर्नेछ।

प्रकाशित: २१ पुष २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार