
काठमाडौं ।
मकवानपुरको बकैया गाउँपालिकामा किसान सूचीकरण व्यवस्थित गर्नका लागि गाउँपालिकाले किसानलाई सूचीकरण प्रणाली सफ्टवेयर सञ्चालनसम्बन्धी तालिम प्रदान गरेको छ।
पालिका आर्थिक विकास शाखाको आयोजनामा किसानलाई किसान सूचीकरण व्यवस्थापन प्रणाली बारेमा तालिम दिइएको हो।
गाउँपालिकामा रहेका कृषकलाई सूचीकृत गर्दा गाउँपालिकालाई योजना बनाउन सहज हुने र कृषकको आवश्यकता र उत्पादनलाई समेत ध्यान दिन सहयोग पुग्ने भएका कारण उक्त कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।
पालिकाले तालिममा सहभागीलाई किसानका घरघरमा गई किसान सूचीकरणको पूर्ण अभ्यास गराइरहेको जनाएको छ।
प्रकाशित: २१ पुष २०७८, बुधबार