Technology Khabar २० पुष २०७८, मंगलवार
काठमाडौं ।
ब्राउजर गुगल क्रोम वेब ब्राउजिङ र अन्य इन्टरनेट सम्बन्धित कामको लागि सबैभन्दा धेरै प्रयोग गरिन्छ। केहि खोजी संगै, हामी यहाँ जिमेलबाट अन्य खाताहरूमा लगइन पनि गर्छौं। यस अवधिमा, प्रयोगकर्ताहरूले बारम्बार टाइप गर्ने जटिलताबाट बच्न आफ्नो लगइन आईडी र पासवर्ड क्रोममा नै बचत गर्छन्। यदि तपाई पनि यसो गर्नुहुन्छ भने अब होसियार हुन जरुरी छ ।
वास्तवमा हालै एउटा रिपोर्ट आएको छ जसका अनुसार गुगल क्रोममा लगइन पासवर्ड सेभ गर्नु खतरनाक हुनसक्छ। यहाँ पासवर्ड ह्याकिङको जोखिम उच्च छ र यस सम्बन्धमा अलर्ट समेत जारी गरिएको छ।
कसबाट छ जोखिम
गुगल क्रोममा सेभ गरिएका पासवर्ड ह्याक हुने खतरा सुरक्षा विशेषज्ञ कम्पनी आहनल्याबको रिपोर्टबाट पत्ता लागेको हो। रेडलाइन स्टिलर नामको मालवेयर विगत केही दिनदेखि सक्रिय रहेको र यसले गुगल क्रोममा सेभ गरिएको लगइन आइडी र पासवर्ड चोर्ने गरेको उल्लेख छ। यसपछि ह्याकरहरूले तपाईँको व्यक्तिगत र गोप्य विवरण लिएर तपाईलाई ब्ल्याकमेल गर्न सक्छन्।
यसरी पत्ता लाग्यो खतरा
आहनल्याबले आफ्नो रिपोर्टमा यस बारेमा बिस्तृतमा उल्लेख गरेको छ। रिपोर्टकाअनुसार कम्पनीका एक कर्मचारी घरबाटै काम गरिरहेका थिए र उनले सोही कम्पनीका अन्य कर्मचारीले प्रयोग गर्ने डिभाइस प्रयोग गरिरहेका थिए। ती यन्त्रमा रेडलाइन स्टिलर (Redline Stealer) नामक मालवेयर लुकेको छ भन्ने कुरा सबैलाई थाहा थिएन। तर यो मालवेयरले कम्पनीको भिपिएनमा पहुँच गरेर महत्त्वपूर्ण जानकारी र पासवर्डहरू चोरी गरिरहेको पत्ता लागेको थियो। यहि आधारमा कम्पनीले अनुसन्धान गर्दा सो मावलेयरले सबै जानकारी लिनसक्ने भेटिएको थियो।
धेरै खतरनाक मालवेयर
यस रिपोर्टमा, धेरै प्रयोगकर्ताहरूलाई गुगल क्रोममा आफ्नो लगइन पासवर्ड सेभ नगर्न अपील गरिएको छ। कम्पनीले यो मालवेयर खतरनाक भएको भन्दै एन्टिभाइरसले पनि यसलाई रोक्न नसक्ने बताएको छ।
निस्सन्देह, तपाईंले आफ्नो डिभाइसमा पहिले नै एन्टिभाइरस एप स्थापना गरिसक्नुभएको हुन सक्छ, तर यो मालवेयर अझै पनि तपाईंको डिभाइसमा प्रवेश गर्न सक्छ। त्यसैले पासवर्ड सेभ नगर्नु राम्रो हुन्छ।
यी कुराहरू ध्यानमा राख्नुहोस्
प्रकाशित: २० पुष २०७८, मंगलवार