
काठमाडौं ।
स्वास्थ्यसम्बन्धी नयाँ प्रविधि कम्पनी थेरानोसकी संस्थापक एलिजाबेथ होल्म्सलाई लगानीकर्तामाथि ठगी गरेको आरोपमा पक्राउ गरिएको छ।
अमेरिकाको क्यालिफोर्नियामा १ महिनाभन्दा लामो समय चलेको सुनुवाइपछि यस्तो निर्णय आएको हो।
उजुरीकर्ताले होल्म्सले उनको प्रविधिले एक थोपा रगतबाटै रोग पत्ता लगाउने भन्ने कुरा झूटो भएको जानीजानी ढाँटेको आरोप लगाएका थिए।
न्याय अधिकारीहरुले होल्म्स लगानीकर्तामाथि ठगी लगायतका ४ ओटा ठगीमा कसूरदार पाइएको बताएका छन्।
उता होल्म्सले भने आफूमाथि लागेका सबै आरोपहरु अस्विकार गरेकी छिन्। यी आरोपहरु प्रमाणित भएमा प्रत्येक आरोप बराबर २० वर्षको जेल सजाय हुन सक्ने बताइएको छ।
होल्म्सलाई हिरासतमै लिइएको छैन भने उनको फैसला सुनाउने मिति पनि तय भएको छैन। यसबाहेक यो मुद्दाको आगामी सुनुवाइ आउँदो हप्ताका लागि तोकिएको छ।
उनीमाथि समग्रमा ११ ओटा आरोप लागेकामा सर्वसाधारणलाई ठगी गरेको सम्बन्धमा ४ ओटा आरोप भने पुष्टि हुन सकेको थिएन।
प्रकाशित: २० पुष २०७८, मंगलवार